काठमाडौंमा भूकम्प गएको छ । बिहान ५ बजेर २१ मिनेट जाँदा ठूलै धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
भुकम्पसंगै काठमाडौंवासी त्रसित भएका छन् । पोखरा, चितवन र आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुश भएको छ।