संविधान दिवसका अवसरमा राष्ट्पति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न सवैलाई आव्हान गरेकी छन्।
शनिबार नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश जारी गर्दै राष्ट्पति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न जोड दिएकी हुन्।
शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको जनाएकी छन्।
यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन्। जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको छ। उनले भनेकी छिन्।
राष्ट्रपतिले आजको दिनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यताहरू कार्यान्वयन गर्न प्रेरणा दिने अपेक्षा गर्दै संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न सवैलाई आव्हान पनि गरेकी छन्।