नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोइराला कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए। १२ दिन पहिले अस्पताल भर्ना भएका उनी शनिबार डिस्चार्ज भएका हुन ।
चिकित्सकको सल्लाह अनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने कोइरालाले जानकारी दिएका छन् । कोइरालाले आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सात गते पुनः स्वाब परीक्षण गरिने उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।