गोरखामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यवसायीहरुको भेला सम्पन्न भएको छ।
भेलाले नेपाल उद्योग ब्यबसायी संगठन गठन गर्दै रामहरी केसी संयोजक र काजीराम श्रेष्ठ सह संयोजक रहनेगरि २५ सदस्यीय संगठन गठन समेत गरेको छ ।
संगठनको सदस्यमा भोलाप्रसाद मरहट्टा, प्रदिप सिंखडा, विशाल राना, सुमन श्रेष्ठ, विनोद अर्याल, नारायण श्रेष्ठ, आशिष देवकोटा, विक्रम बस्नेत, तारा पुडासैनी, बालकृष्ण परियार, सुस्मिता घले, आशा गुरुङ, सुरेन लामिछाने, कृष्ण सुनार, ज्ञानेन्द्र सुवेदी, दिनेश दानी र दण्डपाणी कट्टेल रहेका छन् ।
६ सदस्य पछि थप गर्ने निर्णय भएको संगठनका सदस्य सुरेन लामिछानेले जानकारी दिए ।
गण्डकी प्रदेश कार्यलय सदस्य सम्झना देबकोटाको प्रमुख आतिथ्यतामा कृष्ण प्रसाद ढकालको अध्यक्षतामा नेकपा पार्टी कार्यालयमा भएकाे थियाे ।