• सोमवार, श्रावण ११ गते २०८३

नेइमारको ह्याट्रिकमा ब्राजिलको उत्कृष्ट जित

नेइमारको ह्याट्रिकमा ब्राजिलको उत्कृष्ट जित

नेइमारको ह्याट्रिकमा ब्राजिलको उत्कृष्ट जित

  • 7.9K
    SHARES

  • नेइमारको ह्याट्रिकमा ब्राजिलको उत्कृष्ट जित

    फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा खेलमा ब्राजिलले   पेरुलाई ४-२ गोलले पराजित गरेको छ । ब्राजिलको जितमा नेइमारले ह्याट्रिक गरेका छन् ।


    खेलमा दुई पटक परे पनि ब्राजिलले जित निकाल्न सफल भयो। खेलको पाँचौ मिनेटमा घरेलु टिम पेरुले अग्रता लिएको थियो । उसका लागि कारिलोले गोल गरे। 

    २८ मिनेटमा ब्राजिलले पेनाल्टी पायो। प्राप्त अवसरमा नेइमारले बराबरी गोल गर्न सफल भए। नेइमारलाई पेरुका डिफेन्डरले डिबक्स भित्र तानेपछि पेनाल्टी दिइएको थियो। 

    ३१ मिनेटमा नेइमारले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिए। खेलको ५९ मिनेटमा पेरुले खेलमा दोस्रो पटक अग्रता लियो । तापाइले उत्कृष्ट गोल गरेर पेरुलाई २-१ ले अघि बढाए। 

    ६४ मिनेटमा ब्राजिलले बराबरी गोल फर्कायो। रोबर्टो फिर्मिनोले उपलब्ध गराएको पासमा रिचार्लीसनले गोल गरेका थिए।  ८३ मिनेटमा ब्राजिलले खेलमा पेनाल्टीमार्फत खेलमा अग्रता लियो। प्राप्त पेनाल्टीमा ब्राजिलका लागि नेइमारले गोल गरेका थिए। पेरुका लुइस अब्रामले ब्राजिलका रिबेरोलाई धेकेलेपछि ब्राजिललाई पेनाल्टी दिइएको थियो। 

    ८६ र ८९ मिनेटमा गरी पेरुले दुई वटा रातो कार्ड पाएको थियो। पेरुका काकेडा र जाम्ब्रानलाई रेफ्रीले रातो कार्ड देखाए। ८६ मिनेटमा बेन्चमा रहेका रिजर्भ गोलकिपर काकेडाले अभद्र व्यवाहार देखाएपछि रेफ्रीले रातो कार्ड देखाए। ८९ मिनेटमा जाम्ब्रानले ब्राजिलका रिचार्लीसनलाई मुखमा हिर्काएपछि रातो कार्ड दिइएको थियो। 

    इन्जुरी टाइमको चौथो मिनेटमा नेइमारले ह्याट्रिक पूरा गरे। उनले रिबेरोको पासमा गोल गरेका थिए। छनोटमा लगातार दुई जित निकालेसँगै ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology