गायिका स्मिता दाहालले दशैंको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
उनको मायाले मलाई बोलायो शीर्षकको गीतलाई पर्फेक्ट प्लान युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
स्मिताको एकल स्वर रहेको एल्बममा स्मिताकै अभिनय समेत रहेको छ । राज राज शिवाकोटीको संगीतमा रहेको गीतको म्यूजिक भिडियो चाहिँ शिशिर खातीले निर्देशन गरेका हुन ।
बनिस शाहले सम्पादन गरेको गीतको छायांकन पोखरा क्षेत्रमा गरिएको छ ।
कथानक शैलीमा शुरु भएको गीतमा स्मितालाई नायक सलोन बस्नेतले अभिनयमा साथ दिएका छन् ।
स्मिता दाहाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।