गोरखा क्षेत्र-१ का सांसद हरि अधिकारीले वेपत्ता व्यक्तिको विषयमा राज्यले केही बोल्न नसक्नु नालायकी पन भएको बताएका छन्।

बिहीबार गोरखाका राजेन्द्र ढकालको सम्झनामा आयोजित एक कार्यक्रममा बोल्दै अधिकारीले भने ‘यत्तिका मान्छेको पोजिसनको बारेमा राज्यले भन्न नसक्नु नालायकी हो,’।, ‘राज्यले बोल्न जति ढिलो गर्‍यो उति बेठीक हुन्छ ।’

उनले सरकार जतिसक्दो चाँडै बोल्नुपर्ने र नबोलेमा प्रत्युत्पादक हुने बताए । त्यस्तै कार्यक्रममा उनकी पत्नी विमलाले बेपत्ता छानबिन आयोग पदाधिकारीविहीन हुँदा न्याय माग्न जाने ठाउँ पनि नभएको बताएकी छिन्।

‘सरकारले सत्य निरुपण र बेपत्ता छानबिन आयोग गठन गर्‍यो, यसले केही काम गर्छ कि भन्ने झिनो आशा थियो, तर आयोग आयोगमै सीमित भयो, पटक पटक म्याद थपियो, केही कर्मचारीले जागिर खाए, गाडी चढे, हाम्रा पीडा जहाँका तहीँ यथावत रहे,’ उनले भनिन् ।

तत्कालीन नेकपा माओवादीका जिल्लास्तरका नेता राजेन्द्र ढकाललाई प्रहरीले २०५५ साल पुस २४ गते पक्राउ गरेको थियो । त्यतिबेलादेखि ढकाल बेपत्ता छन् ।