• शनिवार, मंसिर १३ गते २०७७

युभेन्ट्सको घरेलु मैदानमा बार्सिलोनाको जित !

युभेन्ट्सको घरेलु मैदानमा बार्सिलोनाको जित !

युभेन्ट्सको घरेलु मैदानमा बार्सिलोनाको जित !

  • 358
    SHARES

  • युभेन्ट्सको घरेलु मैदानमा बार्सिलोनाको जित !

    लियोनल मेस्सीको गोलमा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसमाथि सहज जित हात पारेको छ ।

    समूह जी अन्तर्गतको बुधबार राति भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० गोलले पराजित गर्‍यो । बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एक/एक गोल गरे ।

    डेम्बेलेले खेलको १४औँ मिनेटमा मेस्सीको असिस्टमा गोल गरे ।खेलको ८५औँ मिनेटमा युभेन्टसका मरिह डेमिरलले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको युभेन्टसले ९१औँ मिनेटमा अर्को गोल खायो ।

    ९१औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेस्सीले बार्सालाई २-०को जित दिलाए । जितपछि बार्सिलोना समूह जीमा दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने भने युभेन्टसको २ खेलमा ३ अंक रहेको छ ।

    युभेन्टस कोरोना संक्रमणका कारण क्रिस्टियानो रोनाल्डो बिना खेलेको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology