• सोमवार, श्रावण ११ गते २०८३

कसले जित्ला २०२१-२२ को स्पानिस लिग ला लिगा ?

कसले जित्ला २०२१-२२ को स्पानिस लिग ला लिगा ?

कसले जित्ला २०२१-२२ को स्पानिस लिग ला लिगा ?

  • 9.8K
    SHARES

  • कसले जित्ला २०२१-२२ को स्पानिस लिग ला लिगा ?

    यूरोपियन फुटबलको शिर्ष लिग मध्यको एक हो स्पानिस लिग ला लिगा । विश्व फुटबलको निकै नै प्रतिक्षित एवम् प्रतिस्पर्धात्मक लिगको रुपमा मानिने उक्त लिगको २०२१-२२ को संस्करण सुचारु हुने संघारमा रहेको छ । यूरोपियन फुटबल माथि निकै नै दबाब राख्ने स्पानिस लिग एक विशेष खेल संस्करणका कारण समेत पर्ख्यात रहने गरेको पाइन्छ । यूरोपियन च्याम्पियन लिग साथै यूरोपा लिगमा समेत स्पानिस लिगले लामो समय देखि नै दबाब दिदै आएको इतिहास छ । 

    विश्व बरिष्ठ फुटबलरहरुको जमघट समेत मानिने ला लिगामा क्रिस्टियानो रोनाल्डो देखि लेजेण्ड खेलाडीहरु रोनाल्डिन्हो, नाजेरियो रोनाल्डो, कार्लोस, टोरेस हुदै बर्तमान अवस्थामा लिओनेल मेस्सी, लुइस सुवारेजसम्मको समाबेश रहेको छ । विभिन्न फुटबल अध्यायमा ला लिगाले निकै नै विशिष्ट प्ले मेकर र फुटबलरहरुको जन्म दिएको थियो जहाँ जाभी देखि इनेस्टासम्मको खेल ला लिगामा चल्यो । 

    प्रसंग अनुरुप गए सिजन ३ क्लब विच निकै नै ठुलो प्रतिस्पर्धा चल्यो । लिग लिडर एटलेटिको मड्रिडले लिग जित्नु पूर्व बार्सिलोना, रियल मड्रिड र एटलेटिको मड्रिड तिनै क्लब विच रोमान्चक भिडन्त भएका थिए र मड्रिडले लिग जित्न सिजनको अन्तिम खेलसम्म कुर्नु परेको थियो । निकै झिनो अंकले प्रतिद्वन्दी रियल मड्रिड विरुद्ध अग्रता लिदै एटलेटिकोले लिग जितेको थियो ।

    पुन २०२१-२२ को ला लिगा उतिकै रोमान्चक हुने देखिएको छ । सेभिल्ला समेत तिन हेबीवेट टोलि विरुद्ध प्रतिस्पर्धामा उत्रिने देखिएका भएता पनि २ मड्रिड सहित बार्सिलोना पुन लिग जित्ने दावेदारीमा देखिएका छन् ।

    ६ बर्ष पछी लिग जितेको सिमिओने नेतृत्व टोली एटलेटिको पुन लिग जित्ने प्रमुख टोलीको रुपमा देखिएको छ । यूरोपियन च्याम्पियन लिग जित्ने रहर बोकेको एटलेटिको मड्रिड ब्याक तु ब्याक स्पानिस लिग जित्ने दाउमा रहेको छ । समर ट्रान्सफर विन्डो अन्तर्गत केहि खेलाडी अनुबन्ध गर्ने योजनामा रहेको मड्रिडले इन्टर मिलानको मार्टिनेज ल्याउने योजना बुनिरहेको छ । तसर्थ २०२१-२२ को लिग माथि एटलेटिको मड्रिड शिर्ष ३ क्लब मध्येको एक हो ।

    बार्सिलोना शिर्ष ३ मध्येको अर्को प्रबल दावेदार टोली हो । लिओनेल मेस्सीको सम्झौताको बहसको करिब अन्तिम चरणमा रहेको बार्सिलोना पुन आफ्नो नया खेलाडीको फौज र मनोबल सहित लिगमा फक्रिने योजनामा रहेको छ । आर्थिक सङ्कटको परिबन्दमा परेको बार्सिलोना सुधारको मूल खोजिरहेको अवस्थामा लिओनेल मेस्सीको सम्झौताको बाटो पर्खिरहेको छ । 

    केहि स्टार खेलाडी अनुबन्ध गरिसकेको बार्सिलोना लिग जित्ने साथै यूरोपियन च्याम्पियन बन्ने एजेन्डा बनिरहेको छ । सर्जियो अगुएरो देखि मेम्फिस दिपाए अनुबन्ध गरेको बार्सिलोना हरेक क्लब विरुद्ध कठोर बन्न सक्ने छ । हरेक पंक्तिमा खेलाडी संरचना गरेको बार्सिलोना आफ्नो गल्तिलाइ सुधार गर्दै ल्किग फर्किने तयारी गरिरहेको छ साथै लिग जित्ने प्रमुख दावेदार टोलीमा समेत बार्सिलोना रहेको छ ।

    रियल मड्रिड लिग जित्ने स्वप्निल एजेन्डाहरु तयार गरिरहेको छ यद्यपि क्लबले आफ्नो स्टार डिफेन्डर साथै कप्तान सर्जियो रामोसबाट भने मुक्ति लिएको छ । १६ सिजन पछी रामोसबाट छुट्टिएको मड्रिडले हालै बायर्न म्युनिक देखि अल्बा अनुबन्ध गरेको छ । 

    मड्रिडको धरोहर मानिएका हाजार्ड देखि बेलको भविष्य अनिश्चित छ तर मड्रिड विश्व शिर्ष खेलाडी अनुबन्ध गर्ने पहलमा रहेको छ । किलियन एम्बाप्पे अनुन्धको बाटो खोजिरहेको मड्रिड आफ्नो टोलीलाइ थप मजबुत गर्ने तयारीमा जोडिएको छ । मड्रिड आगामी सिजनको लिग जित्ने शिर्ष ३ मध्येको प्रमुख दावेदार टोली हो । गए सिजन अन्तिम खेलसम्म कुरेको मड्रिड विना उपाधि चित्त बुझाउन पुगेको थियो । तसर्थ खरो उत्रिने र लिग जित्ने प्रमुख योजनामा मड्रिड देखिएको छ । नया प्रशिक्षक कार्लो एन्सोलोट्टीको नयाँ रणनीति समेत मड्रिडमा देख्न पाइने छ ।

    समग्रमा ला लिगा निकै रोमान्चक, सनसनीपूर्ण साथै प्रतिस्पर्धात्मक हुनेमा दुइ मत छैन साथै नयाँ खेलाडीहरुको अवसर साथै युवा खेलाडीको जोशका कारण लिग थप आक्रामक रहने समेत अनुमान गर्न सकिन्छ । 

    सामाजिकपत्र

    • शुक्रवार, श्रावण ८ २०७८१२:५५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology