नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले गठन गरेको कोभिड-१९ भोलेन्टियर सर्भिस र गोरखा-काठमाडौँ जनसाँस्कृति मन्चको सहकार्यमा कोरोना समन्धी जनचेतना मुलक गीत सार्वजनिक भएको छ।
जनचेतना मुलक गीत कोरोनाको डर छ आज गोरखा-काठमाडौँ जनसाँस्कृति मन्चको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
किरण पन्तको परिकल्पनामा तयार भएको गीतको शब्द सुमन पण्डितको रहेको छ भने संगीत दिपसागर थापा मगरको रहेको छ।
यो गीतमा गोर्खाली कलाकारहरु दिपसगर थापा , सुमन पण्डित ,रञ्जित परियार , कविराज ढकाल ,सागर गुरुङ ,सरु थापा ,रेजिना परियार ,सुमन परियार , शिशिर गुरुङ , सुलिन गुरुङ , सरिता गुरुङ लगायतको स्वर रहेको छ।
चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा रहेको गीतमा रञ्जिता गुरुङ , मरिचमान श्रेष्ठ(बल्छीधुर्बे), राजु मास्टर , अनिता बस्नेत ,सारदा गिरि ,उद्धब गुरुङ लगायतको अभिनय देख्न सकिन्छ।
प्रबक्ता श्रेष्ठले कोभिड-१९ भोलेन्टियर सर्भिसलाई दशैं, तिहार, नेपाल सम्वत, छठ लगायतका आगामी चाडपर्वहरुको सन्दर्भमा सचेतनता अभियान संचालन गर्न निर्देशन दिएका थिए।
त्यही अभियान अन्तर्गत जनचेतना मुलक गीत बजारमा ल्याएको गायक दिपसागर थापा मगरले जानकारी दिए। सामाजिक पत्रको तर्फबाट सफलताको सुभकामना।