गोरखाका दुई जना पत्रकारलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी हुनेमा नेपाल पत्रकार महासंघ गोरखाका पुर्व अध्यक्ष तथा कान्तिपुर टेलिभिजन गोरखा सम्बाददाता भिमलाल श्रेष्ठ र उनका धर्मपत्नी रेणु श्रेष्ठ हुन् । रेणु गोरखा खबर डटकमका संचालक/सम्पादक हुन्।
श्रेष्ठ दम्पतीले आफुलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । केही दिन अगाडी ज्वरो आएका दुवै जनाले गोरखा अस्पतालमा स्वाब दिएका थिए ।
सामाजिक सञ्जालमार्फत जानकारी दिदै उनीहरुले आफुसँग सम्पर्कमा आएकाहरुलाई पिरिआर परिक्षण गराउनु हुन अनुरोध गरेका छन्।
श्रेष्ठ दम्पती स्वास्थ्यकर्मीको निगरानी अहिले होम आइसोलेसनमा छन् । दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।