गोरखा ताकुकोट सेवा समाज काठमाडौ को आयोजना मा बारपाक सुलिकोट गाउँ पालिका को समग्र पुर्बाधार बिकाश , प्रगति , सम्भावना र चुनौती विषयक अन्तरकृया कार्यक्रम काठमाडौमा सप्पन्न भएको छ।
काठमाडौमा आयर विभिन्न पेसा ब्याब्साय गरेर बस्ने युवा सामाजिक ब्यक्तित्व बिज्ञ गाउँ पालिका जनप्रतिनिधि र गाउँपालिकाको बिकाशमा चासो राख्ने विभिन्न व्यक्तिहरुको विशेष उपस्तिथितीमा भएको कार्यक्रमा गण्डकी प्रदेशका भौतिक पुर्बाधार बिकाश मन्त्री गण्डकी प्रदेशका प्रबक्ता माननीय रामशरण बस्नेत ज्युको प्रमुख आथित्यता रहेको थियो।
गोरखा ताकुकोट सेवा समाज काठमाडौ का अध्यक्ष रेसमलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा विशेष गरि गाउँ पालिका का युवा हरुको उल्लेख्यनिय उपस्तिथिती रहेको थियो।
उपस्तिथित भएका अधिकासंले गाउँ पालिकाको विशेष गरि बाटो , शिक्षा , स्वास्थ , खानेपानी , पर्यटन प्रबर्द्धन बिकाश को बारेमा गण्डकी प्रदेश बाट भएको प्रायास र आगामी योजना को बारेमा मन्त्री बस्नेत सङ्ग जिज्ञसा राखेका थिए भने मन्त्री बस्नेत ले बारपाक सुलिकोट गाउँ पालिकाको विभिन्न बिकाश निर्माण को योजनाहरुलाई गण्डकी प्रदेश सरकारले विशेष प्रतामिकतामा राखेर काम गरि रहेको जानकारी गराउनु भएको थियो।
विशेष गरि गाउँ पालिका को ४ वटा मुख्य सडक ९ वटा खानेपानी योजना लाई प्रदेश सरकार ले बजेट बिनियोजज समेत गरेको बताउनु भएको थियो भने बारपाक सुलिकोट गाउँ पालिका एक एतिहासिक गाउँ पालिका भएको भन्दै गाउँ पालिका को वडा न ३ मा रहेको नेपालकै सबैभन्दा लामो गुफा सीता गुफा वडा नम्बर ४ मा रहेकोे घुन्चोक पोखरी बारपाक मा रहेको विभिन्न रमणिय ठाउँ हरुलाई बिकास गरेर पर्यटन प्रबर्द्धन गर्न सकिने भन्दै प्रदेश सरकार बाट हुने जुनसुकै प्रयास गर्न प्रतिबद्धता जायर गर्नु भएको थियो।