पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ।
काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत ५९ वर्षीया उनको आज (बुधबार) बिहान निधन भएको हो।
पुर्ख्याैली घर रोल्पाकाे मेबाङ गएका बेला स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधि सभा सदस्य महराकी जीवनसंगिनी सीतालाई यही कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।
तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कात्तिक १४ गते हेलिकोप्टरमार्फत नर्भिक हस्पिटल ल्याइएकाे थियाे।
पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकी उनलाई कात्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखिएकाे थियाे।तर उपचारकै क्रममा आज बिहान ६:२५ बजे उनकाे निधन भएको अस्पतालले पुष्टि गरेको छ।