• सोमवार, श्रावण ११ गते २०८३

पूर्व सभामुख कृष्णबहादुर महरा र ऊर्जामन्त्री वर्षमान पुनबीच रोल्पामा भेटवार्ता

पूर्व सभामुख कृष्णबहादुर महरा र ऊर्जामन्त्री वर्षमान पुनबीच रोल्पामा भेटवार्ता

पूर्व सभामुख कृष्णबहादुर महरा र ऊर्जामन्त्री वर्षमान पुनबीच रोल्पामा भेटवार्ता

  • 13.0K
    SHARES

  • पूर्व सभामुख कृष्णबहादुर महरा र ऊर्जामन्त्री वर्षमान पुनबीच रोल्पामा भेटवार्ता

    पूर्व सभामुख कृष्णबहादुर महरालाई ऊर्जामन्त्री वर्षमान पुनले रोल्पा पुगेर भेटेका छन्। महरा अहिले आफ्नै गृह जिल्लातिर क्रियाशील छन्।

    सभामुख पद गएसँगै नेकपाको राजनीतिमा निष्क्रिय महरा ‘कम ब्याक’को तयारीमा रहेको चर्चा चलिरहेका बेला मन्त्री पुनसँग भेट गरेका हुन्। दुई नेताबीच लिवाङस्थित महराको पुर्ख्यौली घरमै भेटवार्ता भएको हो।

    ऊर्जामन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य पुन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकटमध्ये एक नेता हुन्। दुई नेताबीचको भेटमा सरकार र पार्टीका विभिन्‍न विषयमा कुराकानी भएको दुवै नेताले बताएका छन्।

    महरा गृह जिल्लामा केन्द्रित भएका बेला ऊर्जामन्त्री पुन विभिन्‍न कार्यक्रमका लागि रोल्पा पुगेका थिए। त्यही क्रममा उनीहरुबीच अर्थपूर्ण संवाद भएको हो। पूर्वसभामुख महराका छोरा राहुलले दुई नेताबीच नेकपा र सरकारबारे कुराकानी भएको छ।

    भेटमा सरकारले जनताका पक्षमा अझै काम गर्नुपर्ने, श्रमजीवीको पक्षमा देखिने गरी विकास गर्नुपर्ने, मजदुर र गरिबको आर्थिक अवस्था उकास्ने गरी काम गर्नुपर्ने जरुरी रहेको दुई नेताले निचोड निकालेका थिए।

    दुई नेताले पार्टीको आन्तरिक एकतालाई एकतालाई बलियो बनाउँदै जनताको अभिमतलाई पनि ख्याल गरेर अगाडि बढ्नु पर्नेबारे चर्चा गरेका थिए। पार्टीको आन्तरिक एकतालाई बलियो बनाउन छलफल र बहसलाई सही रुपमा व्यवस्थापन गर्दै लानुपर्नेमा कुराकानी भएको ऊर्जामन्त्री पुनले बताएका छन्।

    त्यसैगरी दुई नेताले गृहजिल्ला रोल्पाको समग्र विकास अघि बढाउने कुरामा पनि छलफल भएको बताएका छन्। दुई नेताले रोल्पाका नेकपा नेता कार्यकर्तासँग पनि एकसाथ भेटेका छन्।

     

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology