• सोमवार, श्रावण ११ गते २०८३

बैठकनै नबसेर पार्टीमा समस्या पैदा भयो : वामदेव

बैठकनै नबसेर पार्टीमा समस्या पैदा भयो : वामदेव

बैठकनै नबसेर पार्टीमा समस्या पैदा भयो : वामदेव

  • 6.3K
    SHARES

  • बैठकनै नबसेर पार्टीमा समस्या पैदा भयो : वामदेव

     नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैठक बस्‍न नसकेकाले पार्टीमा ठूलो समस्या पैदा भएको बताएका छन् ।

    आइतबार गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी धारणामा अहिले नेकपाभित्र जति पनि समस्या आए ती सबै बैठक बस्‍न नसकेर आएको उल्लेख छ ।

    ‘बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्‍नुको अर्थ बैठक बस्‍न नदिने गरी विचार राख्‍न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्‍न ।

    पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्‍ने भन्‍ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्‍न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ’ गौतमको धारणामा भनिएको छ ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्‍नु ?

    यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्‍न हुन्‍न भन्‍ने विचारलाई महासचिवले साथ दिनुहुन्‍न ।’

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology