चर्चित हाँस्यकलाकार मनोज गजुरेलले पुनः विवाह गर्न लागेको स्वीकार गरेका छन् ।
एक टेलिभिजन कार्यक्रममा दिएको अन्तरवार्तामा गजुरेलले आफुले चाँडै नै विवाह गर्न लागेको जानकारी गराए ।
केही समयअघि श्रीमती मिना ढकालसँग गजुरेलको डिभोर्स भएको थियो । यद्यपि गजुरेलले कोसँग विवाह गर्न लागेको भनेर खुलाएका छैनन् ।
अन्तरवार्तामा उनले भनेका छन्, ‘चाँडै नै तपाईहरुको शुभकामना, सुझाव सल्लाहअनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दैछु अथवा हामी जोडिदै छौं । अहिलेलाई मैले यति मात्र भनेँ ।’