• आइतवार, आश्विन ४ गते २०८३

भैरहवा नाका हुँदै भारतबाट नेपाल आइन् मनीषा

भैरहवा नाका हुँदै भारतबाट नेपाल आइन् मनीषा

भैरहवा नाका हुँदै भारतबाट नेपाल आइन् मनीषा

  • 6.5K
    SHARES

  • भैरहवा नाका हुँदै भारतबाट नेपाल आइन् मनीषा

    अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन्।

    लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानेका थिए।

    मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा हैरहवाबाट सलमान खानले लेखेका छन्।

    सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । सीमामा उनी र उनको परिवार धेरै बेर रोकिनु परेन।

    ‘मनिषा कोइराला आएको भन्ने बेलहियाबाट जानकारी पाएको छु,’ प्रजिअ पन्थले भने, ‘जिल्ला प्रशासनसगँ कुनै समन्वय नभएको हुदाँ अरु विषय थाहा भएन । बेलहिया नाकाबाट आएको उनको परिवारमा होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ।’

    मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए। उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७१०:३९:०१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology