नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष नर बहादुर गुरुङले कोभिड-१९ को विश्वमाहामारीको बेलामा सबै नेपालीमा सावधानी अपनाउनुका साथै सुरक्षित रहन अपिल गरेका छन् ।
आज (सुक्रबार) एक बिज्ञप्ती जारी गर्दै उनले कोरोनाका कारण बिश्वमा ज्यान गुमाउनेहरुलाई हार्दिक श्रदान्जलीका साथै संक्रमितको सु-सुवास्थ्यको कामना गर्दै सबैमा सुरक्षित रहन आग्रह गरेका हुन् ।
रोग लाग्नुभन्दा रोगबाट बच्नका लागि सावधानी अपनाउनु नै रोकथामको उपाय हो भन्दै जारी बिज्ञप्तीमा भनिएको छ ,” कसैले पनि खोक्दा, हाच्छिउँ गर्दा मुख र नाकबाट निस्किएका पानीका थोपा तपाईको आँखा, नाक र मुखमा पर्न नदिने, निरन्तर चलायमान सामानहरु जस्तैः ढोकाको ह्याण्डल, चुकुल, कलम, भ¥याङ जस्ता बस्तु छुदाँ तुरुन्त साबुन पानीले हात राम्रोसँग मिचिमिचि धुने र हात नमिलाउने गर्नुुपर्ने हुन्छ” ।
अहिलेको मौसममा रुघा, खोकी र सामान्य ज्वरो आउदा घरेलु औषधी बेसारपानी पकाएर खाने, भिड–भाडमा नजाने, खोक्दा र हाच्छिउँ गर्दा नाक र मुख छोप्ने, आँखा, नाक र कान नछुने, माक्स वा सफा कपडा नियमित प्रयोग गर्ने, क्वाटीका रस प्रसस्त खाने, प्रोटिनयुक्त खाने कुराहरु र झोलिलो पदार्थहरु खाने गर्नुपर्छ अध्यक्ष गुरुङद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
त्यस्तै , अध्यक्ष गुरुङले १०४ डिग्री भन्दा माथी ज्वरो आएमा, सुक्खा खोकी लागेमा, घाँटी सुक्खा हुनुका साथै दुखेमा, टाउको दुखेमा, सास फेर्न गाह्रो भएमा, सिगान बगिरहेमा नजिकैको स्वस्थ्य चौकीमा परामर्श लिई सुरक्षित तरिकाले बस्न आग्रह गरेका छन् ।
उनले भनेका छन् ,”खासगरी विदेश वा बाहिरबाट भर्खर आएका मानिसहरुको वडा वा गाउँपालिकामा जानकारी दिने र आफ्नै घरमा क्वारेन्टाइनमा बस्नको लागि विशेष अनुरोध गर्दछौ” ।
बिषम परिस्थितिलाई मध्यनजर राख्दै कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि बारपाक सुलिकोट गाउँपालिकाले समेत सबै संयन्त्रलाई प्रयोग गरी कोभिड–१९ रोकथामको लागि सक्रिय रहदै आएको अध्यक्ष नर बहादुर गुरुङले जानकारी दिए ।
उनले रोकथामको लागि सक्रियताका साथ लाग्नुभएका बारपाक सुलिकोट गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुप्रति हार्दिक आभार समेत प्रकट गरेका छन् ।
उनले बारपाक सुलिकोट गाउँपालिकाको उक्त प्रयास र सक्रियताप्रति रचनात्मक साथ र सहयोग रहेको बताउदै कुनैपनि रुपम बारपाक सुलिकोट क्षेत्रमा कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि सबै किसिमका भूमिकाहरु निर्वाह गर्न तथा रोकथाम, नियन्त्रण र उपचारका लागि एकताबद्ध रहने प्रतिबद्धता समेत ब्यक्त गरेका छन्।
अध्यक्ष गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका पार्टी कमिटी को तर्फबाट “कोभिड–१९ को रोकथामका लागि सहयोग अभियान” संचालन गरिएको बताउदै सहयोग अभियानको क्रममा तपशिलका कार्यभारहरु गर्ने गराउने प्रतिवद्धता ब्यक्त गरे
कार्यभारहरु
१) कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि संघ, प्रदेश र गाउँपालिका सरकारको गतिविधिमा सक्रिय साथ र सहयोग पु¥याउने ।
२) विदेश वा बाहिरबाट भर्खरै आएका ब्यक्तिहरुको तथ्याङ्क लिई आवश्यकता अनुसार होम क्वारेन्टाइन वा आइसुलेसनमा राख्न गाउँपालिकालाई सहयोग गर्ने ।
३) लकडाउनको उलङ्घन हुने खालका गतिविधहरु जस्तैः हुल बनेर हिड्ने, खसी रागो काटी भोजभतेर गर्ने, सामुहिक मनोरन्जन तथा भेटघाट गर्ने लगायतका कार्यहरु भएको पाइएमा उक्त कार्यहरु तत्काल रोकी नागरिक दायीत्व पूरा गर्न अनुरोध गर्ने ।
४) गाउँपालिका र प्रत्येक वडाहरु प्रवेश गर्ने नाकामा निगरानी बढाउने र नयाँ मानिसहरुको प्रवेशमा सावधानी अपनाउने ।
५) कोभिड–१९ को संक्रमणबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउनका लागि सचेतनामूलक कार्यहरु गर्ने गराउने ।
६) कोभिड–१९ को संक्रमणबाट बच्नका लागि कम्तीमा माक्स, पन्चा, सेनिटाइजर प्रयोग गर्न गराउनका लागि जनचेतना जागृत गर्ने ।
७) लकडाउनको कारण गाउँपालिका बाहिर अलपत्र भएका बारपाक सुलिकोटका नागरिकहरुको उचित ब्यवस्थापन, राहत सहयोग वा उद्दार गरी आ–आफ्नो घरमा ल्याई क्वारेन्टन वा आइसुलेसनमा आवश्यकता अनुसार राख्नको लागि पहल गर्ने ।
८) लकडाउनका कारण मजदुरी गरी जिवकोपार्जन गर्दै आएका परिवारहरुलाई समस्याग्रस्त भएमा उनिहरुलाई आवश्यक राहतको लागि बिभिन्न निकायहरुमा पहल गर्ने।
९) लकडाउनका कारण बिपतमा परेका ब्यक्तिहरुको उद्दार, सहयोग र संरक्षणको लागि पहल गर्ने ।
१०) कोभिड–१९ को संक्रमित फेला पारेमा वा शंका लागेमा तत्काल सम्वन्धित निकायहरुमा खबर गरी आवश्यक उपचारका लागि पहल गर्ने ।
सम्पर्कको लागि, नरबहादुर गुरुङ (९८४१६३६१२७),सुजन गुरुङ (९८४१४८६६०९), अनुप श्रेष्ठ (९८५१०६१७०१), धिरज उपरकोटी (९८५१००३९५८)