• सोमवार, श्रावण ११ गते २०८३

गण्डकी प्रदेशमा धरमरायो एमालेको सरकार, जसपाका नेता हरिशरण आचार्या मन्त्रि बन्ने सम्भावना कति ?

गण्डकी प्रदेशमा धरमरायो एमालेको सरकार, जसपाका नेता हरिशरण आचार्या मन्त्रि बन्ने सम्भावना कति ?

गण्डकी प्रदेशमा धरमरायो एमालेको सरकार, जसपाका नेता हरिशरण आचार्या मन्त्रि बन्ने सम्भावना कति ?

  • 6.7K
    SHARES

  • गण्डकी प्रदेशमा धरमरायो एमालेको सरकार, जसपाका नेता हरिशरण आचार्या मन्त्रि बन्ने सम्भावना कति ?

    पोखरा - माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै  प्रमुख विपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्य थालेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरमराएको छ ।

    ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५ र माओवादी केन्द्रका १२ र जनता समाजवादीका दुई प्रदेशसभा सदस्य छन् । सभामुख नेत्रनाथ अधिकारी माओवादीकै हुन्, जसले सरकार गठनमा मत दिने छैनन् ।

    नयाँ सरकारका लागि बहुमत (३१ सांसद) जुटाउन तीन दललाई तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाको साथ अनिवार्य छ ।

    नयाँ सरकार गठनको पहलसँगै जनमोर्चाका प्रदेशसभा सदस्यहरू विभाजित देखिएका छन् ।जनमोर्चाका कृष्ण थापाले केही निर्णय नगर्ने बताइरहँदा पियारी थापा र खिमविक्रम शाहीले सरकारको विपक्षमा उभिने केहि संचार माध्याममा बताएका छन् ।

    जनता समाजवादीका सांसद हरिशरण आचार्यले नयाँ विकल्पका साथ अगाडि बढ्न एमालेबाहेक सबै दल एकै ठाउँ आउने बताए । ‘अहिलेकै प्रतिगमनकारी सरकारलाई साथ दिने कुरा हुन्न, हामीले राम्रो क्यान्डिडेटलाई प्रस्ताव गरे राजमो पनि आउन तयार छ,’ 

    यसरि हेर्दा नेपाली कांग्रेस, नेकपा माओवादि केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादि पार्टीको सरकार बन्ने सम्भावना देखिन्छ। यसो हुँदा जसपाका नेता हरिशरण आचार्या मन्त्रि बन्ने लगभग पक्का छ। 

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology