• सोमवार, श्रावण ११ गते २०८३

नेपाल स्वयंसेवी रक्तदाता समाज कामपा २४ नं. वडाद्वारा रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाज कामपा २४ नं. वडाद्वारा रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाज कामपा २४ नं. वडाद्वारा रक्तदान

  • 4.5K
    SHARES

  • नेपाल स्वयंसेवी रक्तदाता समाज कामपा २४ नं. वडाद्वारा रक्तदान

    नेपाल स्वयंसेवी रक्तदाता समाज कामपा २४ नं. वडाद्वारा रक्तदान नेपाल स्वयंसेवी रक्तदाता समाज २४ नं. वडा नगरसमितिको काठमाडौं मखन टोलमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो बिशेष रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४१ जनाले रक्तदान गर्नुभएको थियो ।

    नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २४ वडा समितिका अध्यक्ष सुरेश शिलाकारको सभापतित्वमा सञ्चालन भएको सो बिशेष रक्तदान कार्यक्रम “रगत दिउँ जगत सुरक्षित राखौं” बिश्व रक्तदाता दिवस जून १४ को निमित्त बिश्व स्वास्थ्य संगठन(WHO)बाट तय गरिएको नाराका साथ कार्यक्रममा काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित तथा प्रमुख आतिथ्यता जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६६ औं पटकको रक्तदान गरि समापन गर्नुभएको थियो ।

    rakta2.jpg

    कामनपा २४ वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ , महानगरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डिलबहादुर मल्ल, नेपाल स्वयंसेवी रक्तदाता समाज कामनपा २० नं. वडा नगरसमितिका सचिब राजेश मानन्धर एवं नेपाल स्वयंसेवी रक्तदाता समाज कामनपा १९ नं. वडा नगरसमितिका अध्यक्ष विनोद खड्गीको बिशेष उपस्थितिमा रक्तदान कार्यक्रम शनिवार बिहान ८ बजेदेखि ११ बजे सम्ममा सम्पन्न भएको हो।

    कार्यक्रम समारोहमा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई समाजद्वारा २०७८ सालको नयाँ वर्षको क्यालेण्डर, योग बिज्ञान सम्बन्धि जानकारीमूलक पुस्तक, मास्क र डोनर पीन सम्मान स्वरूप प्रदान गरेका थिए।

    सामाजिकपत्र

    • सोमवार, जेठ १० २०७८०१:५४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology