• आइतवार, आश्विन ४ गते २०८३

विद्यार्थी तथा मजदुरलाई राहत वितरण

विद्यार्थी तथा मजदुरलाई राहत वितरण

विद्यार्थी तथा मजदुरलाई राहत वितरण

  • 3.8K
    SHARES

  • विद्यार्थी तथा मजदुरलाई राहत वितरण

     लकडाउनका कारण समस्यामा परेका बारपाक सुलिकोट गाउँपालिकाबाट काठमाडौं आई बस्ने विद्यार्थी तथा मजदुरका लागि राहत वितरण सुरु गरिएको छ ।

    बारपाक सुलिकोट गाउँपालिकाद्वारा काठमाडौंमा एउटा टिम निर्माण गरि समस्यामा परेका परिवारलाई १ बोरा चामल र १ लिटर तेल, १ प्याकेट नुन, १ किलो दाल र २ किलो चिउरा बाड्न थालिएको अभियन्ता धिरज उपरकोटीले जानकारी दिए।

    ठुलो परिवारलाई दुई बोरासम्म चामल दिने निर्णय गरेको समेत उनले बताए ।

    पालिकाको वाडस्तरिय समुह निर्माण गरि त्यस्ता परिवारको पहिचान गरि राहत बितरण गरिएको हो। अहिलेसम्म १५ परिवारलाई राहत बितरण गरिसकिएको र अझैं थप डाटा संकलन हुदै गरेको अर्का अभियन्ता विकास गुरुङ्गले जानकारी दिए।

    अहिलेसम्म ७० परिवारको डाटा संकलन भैसकेको र अझै डाटा आउने क्रममा रहेको गुरुङ्गले बताए। सम्पर्कमा आएका सबैलाई सक्दो सहयोग गर्ने पनि उनले बताए।

    बारपाक सुलिकोट गाउँपालिका स्थायी घरभइ काठमाडौंमा बस्नेले समस्या परेमा सम्पर्क गर्न समेत गुरुङ्गले सबैमा अपिल गरेका छन्।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७१०:४६:४०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology