लकडाउनका कारण काठमाडौँमा समस्यामा परेका र घर फर्किन चाहाने आफ्नो नागरिकलाई गोरखाको पालुङ्टार नगरपालिकाले घर फर्काएको छ।
आज (सोमबार) बेलुका नगरपालिका र काठमाडौँमा बस्ने राजनीतिक दल आबद्ध व्यक्तिको सहकार्यमा उनीहरुलाई घर फर्काइएको हो।
आज पालुङ्टारका २३१ जना नागरिकलाई सात ओटा गाडी रिजब गरेर घर फर्काइएको नेकपा निकट सम्पर्क मन्चका नेता मुक्ति पोखरेलले जानकारी दिएका छन्।
बिश्व महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका नागरिकलाई व्यवस्थित रुपमा घर ल्याउने तयारीका साथ काठमाण्डौमा रहेकालाई पालुङ्टार फर्काइएको नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिइन्।
उनले घर फर्किएकाहरु अनिवार्य रुपमा होम करैनटाइनमा बस्नु पर्ने समेत बताएकि छिन्।
नेपाल कम्युनिष्ट पार्टीका मुक्ति पोखरेल , बिष्णुहरि देवकोटा ,निर्मला मल्ल , दुर्गा श्रेष्ठ ,जीवन बल्कोटी नेपाली कांग्रेशका बिमल ढकाल ,पदम भट्टराई लगायतले काठमाडौँबाट नागरिकलाई पालुङ्टार फर्काउन समन्नयकारी भूमिका खेलेका थिए।