• सोमवार, श्रावण ११ गते २०८३

नेकपा पालुङ्टारद्वारा नगरपालिकालाई १२० बोरा चामल हस्तान्तरण !

नेकपा पालुङ्टारद्वारा नगरपालिकालाई १२० बोरा चामल हस्तान्तरण !

नेकपा पालुङ्टारद्वारा नगरपालिकालाई १२० बोरा चामल हस्तान्तरण !

  • 4.6K
    SHARES

  • नेकपा पालुङ्टारद्वारा नगरपालिकालाई १२० बोरा चामल हस्तान्तरण !

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङ्टार नगर कमिटीले एक सय बीस बोरा चामल पालुङ्टार नगरपालिकालाई हस्तान्तरण गरेको छ।

    नेकपा पालुङ्टार नगर कमिटीको पहलमा गृह मन्त्री रामबहादुर थापा (बादल) का स्वकीय सचिब राजु राना मगरको सहयोगमा चामल उपलब्द गराईएको हो ।

    आज (मंगलबार) नेकपा नगर अध्यक्ष विवस चिन्तन (अजय) ले पालुङ्टार नगर प्रमुख दिपकबाबु कंडेल र उपप्रमुख पम्फा बसेललाई चामल हस्तान्तरण गरेका हुन् ।

    कोरोना भाइरस (कोभिड-१९) का बाट प्रभावित भएका,गरिब, बिपन्न मजदुर तथा दैनिक ज्यालादारी मजदुरलाई उपलब्द गराउने गरी पार्टीको तर्फबाट नगरपालिकालाई चामल हस्तान्तरण गरीएको अध्यक्ष अजयले जानकारी दिए।

    मुलुक विषयम परिस्तिथीबाट गुज्रेकाले सबै क्षेत्रबाट सहयोग संकलन गरी सरकारले बनाएको एकद्धार निति मार्फत सहयोग हस्ताणतरण गरिएको बादलका स्वकीय सचिब राजु राना मगरले बताए ।

    साथै ,नगर अध्यक्ष अजयले सरकारले लागु गरेको लक डाउन पूर्ण रुपमा कार्यनयन गर्न पालुङ्टारबासीलाई अपिल गर्दै नेकपा जनताको दुखमा सधै साथमा रहेको समेत बताएका छन्।

    कोरोना भाईरसका कारण लागू गरिएको लकडाउनको प्रत्यक्ष असर परेकालाई एकद्धार नीति मार्फत राहत उपलब्द गराउने पालुङ्टार नगरपालिकाले जनाएको छ ।

    नेकपाले प्रदेस सदस्य जुद्धविलास भण्डारी , नगर अध्यक्ष अजय, बादलका स्वकीय सचिब राजु राना जिल्ला सदस्य मदन देवकोटा , नगर सदस्य केशब न्यौपाने लगायतको उपस्थितिमा नगर प्रमुख र उपप्रमुखलाई चामल हस्तान्तरण गरेको हो।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७१०:५१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology