• सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्रीलाई योगेशको सुझाव - राजेन्द्र महतोको बोलीमा लगाम लगाउनुस

प्रधानमन्त्रीलाई योगेशको सुझाव - राजेन्द्र महतोको बोलीमा लगाम लगाउनुस

प्रधानमन्त्रीलाई योगेशको सुझाव - राजेन्द्र महतोको बोलीमा लगाम लगाउनुस

  • 4.1K
    SHARES

  • प्रधानमन्त्रीलाई योगेशको सुझाव  - राजेन्द्र महतोको बोलीमा लगाम लगाउनुस

    काठमाडौं - नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

    शुक्रबार पदको शपथ खानासाथ मन्त्री महतोले बहुराष्ट्रिय राज्यको बहस निकालेको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले यसले राम्रो संकेत नगरेको टिप्पणी गरेका हुन्। मन्त्री महतोको अभिव्यक्तिले देशलाई फेरि द्वन्द्वतर्फ फर्काउने आशंका नेता भट्टराईले गरेका हुन्।

    ‘पहिलो र दोस्रो संविधान सभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस (शुक्रबार) नियुक्त भएका उपप्रधानमन्त्री पुनः उठाएछन्,’ भट्टराईले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘संकेत राम्रो छैन। देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू।’

    उनका अनुसार संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ– ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।’ उनी भन्छन्, ‘अर्थात् विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो।’
    नवनियुक्त सहरी विकासमन्त्री राजेन्द्र महतो जनता समाजवादी पार्टीका नेता हुन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

    यो पनि पढ्नुहोस -

    मन्त्री हुने वित्तिकै छर्लङ्ग भयो राजेन्द्र महतोको चरित्र, दिए देश विरुद्ध यस्तो अभिव्यक्ति

    नवनियुक्त उपप्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोले आफूहरुका अधिकांश माग पूरा भएकाले पार्टी सरकारमा सहभागी भएको बताएका छन् । सरकारमा रहुन्जेल पार्टीका माग मुद्दा कार्यान्वयनमा लागिपर्ने उनले बताए ।


    शहरी विकास मन्त्रालयमा शुक्रवार राति पदभार सम्हाल्दै मन्त्री महतोले जनताको माग मुद्दा सम्वोधनको लागि सरकारमा सहभागी भएको बताएका हुन् ।महतोले सरकारमा बसेर पार्टीको एजेण्डा कार्यान्वयन गर्ने र आन्दोलनको तयारी पनि गर्ने बताए । ‘अधिकार र पहिचान सुशासन र समृद्धि हाम्रो पार्टीको एजेण्डा हो ।

    बहुल राष्ट्रिय राज्यको स्थापनको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने यो पार्टीको एजेण्डा हो, यी कामको पार्टीको एजेण्डा अगाडि बढाउदै जाने हो’ महतोले भने । महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी भएको हो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology