• सोमवार, श्रावण ११ गते २०८३

गोरखा अस्पताललाई खुट्टाले हात धुने मेसिन हस्तान्तरण

गोरखा अस्पताललाई खुट्टाले हात धुने मेसिन हस्तान्तरण

गोरखा अस्पताललाई खुट्टाले हात धुने मेसिन हस्तान्तरण

  • 4.4K
    SHARES

  • गोरखा अस्पताललाई खुट्टाले हात धुने मेसिन हस्तान्तरण

    प्रगतिशिल इन्जिनियर संगठन नेपाल (पिन) गोरखा र नेपाल इन्जिनियर एसोसियसन (एनइए) ले आज एक कार्यक्रमका वीच गोरखा जिल्ला अस्पताललाई खुट्टाको प्रयोग गरेर हात धुन सकिने मेसिन प्रदान गरेको छ ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इञ्चार्ज कृष्ण धितालले गण्डकी प्रदेशका इन्जिनियरहरुको यो प्रविधिलाई सबैतिर प्रयोगमा ल्याइ सजिलै हात धुने सुविधा लिन आग्रह गरे ।

    अस्पतालको इमर्जेन्सी वार्ड अगाडि राखिएको उक्त मेसिनमा बायाँ गोडाले थिच्दा सेम्पु र वायाँ गोडाले थिच्दा पानी निस्कन्छ । गोडाको प्रयोग गरि सजिलै हात धुन सकिन्छ ।

    एनइएका गण्डकी प्रदेश अध्यक्ष विकास वाग्लेका अनुसार पिनले प्रदेशका प्रत्येक जिल्लामा सेवामुलक कार्य गर्दै आइरहेको छ । तनहुँमा रक्त संकलन, स्याङ्जा, लमजुङ जिल्लामा मेसिन हस्तान्तरण गरिएको उनले बताए । प्रदेश भित्र रहेका इन्जिनियरहरुसँग केही सहयोग लिएर प्रविधि हस्तान्तरण गरेको उनको भनाई थियो । दुईसय लिटरको पानी ट्यांकी राखेर हातधुने यन्त्र बनाउँदा ३० हजार खर्च भएको प्रदेश सदस्य साधुराम लामिछानेले बताए ।

    हातधुुने मेसिनसँगै इन्जिनियरहरुले ३० हजार मुल्य बराबरको स्वास्थ्य सामग्री समेत आजै अस्पताललाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष, सदस्यहरु, मेडिकल सुपरिटेन्ण्डेण्ट, अस्पतालका डाक्टर, पत्रकारहरुको सहभागिता रहेको थियो ।

    गोरखा अस्पताल विकास समितिका अध्यक्ष पुरुषोत्तम अर्यालले यो प्रविधि सबै विद्यालय, स्वास्थ्य चौकी, सरकारी कार्यालयहरुमा पुर्याउनुपर्ने बताए ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७१०:५३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology