जेठ २४ सिरानचोक,गोरखा नेकपा माओवादी केन्द्र सिरानचोक गाउँ पालिका वडा नं ३ पार्टी समिति हर्मीले सो वडाका होम आइसोलेसनमा बसेका ३६ कोरोना सङक्रमित विरामीहरुको घर घरमा पुगि पोशिलो आहार र स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरेको छ ।
कोरोना सङक्रमित विरामीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न आयोजना गरिएको विरामी भेट अभियानका क्रममा कोरोना सङक्रमित विरामीहरुलाई प्रदान गरिएको पोशिलो आहार र स्वास्थ्य सामाग्रीको कम्बो प्याकमा दुई किलो गेडा गुडि , १५ वटा अण्डा, एक किलो हरलिक्स, पाँच वटा सावुन , २० वटा सर्जिकल माक्स, एक डिजिटल थर्ममिटर , एक बोत्तल स्यानिटाइजर समावेश छ ।
कोभिड सङक्रमित जनताको उपचार, उद्धार र नियन्त्रणको लागी पार्टीको सबै पङति कृयाशिल रुपमा लाग्ने पार्टी केन्द्रिय नीति र पार्टीको सिरानचोक स्वास्थ्य इकाइको सल्लाह अनुरुप वडा पार्टी कमिटिको योजना र व्यवस्थापनमा घर घरमा पुगेर स्वास्थ्य अवस्था बुझ्ने, स्वास्थ्य लाभको कामना गर्ने र बिरामीहरुलाई पोशिलो आहार र स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम तय गरिएको वडा पार्टी कमिटि हर्मीले जनाएको छ ।
आज नै वडा पार्टी कमिटि हर्मीले वडा स्तरिय कोभिड व्यवस्थापन तथा समन्वय समिति हर्मीका स्वयम् सेवकहरुलाई फेस सिल्ड, एन नाइन्टि फाइभ मास्क, सर्जकल पन्जा, सेनिटाइजर , डिजिटल थर्ममिटर, अक्सिमिटर लगायतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
महामारीमा संक्रमितसँगै रहेर उपचारमा सहजिकरण गर्ने स्वास्थ्यकर्र्र्मीहरुनै सुरक्षित भएनन् भने अझ कठिन समय आउन सक्नेतर्फ सचेत हुँदै हर्मीका साविक ९ वटै वडाका महिला स्वास्थ्य स्वमय् सेविकाहरुलाई पनि मास्क, सर्जिकल पन्जा, सेनिटाइजर , डिजिटल थर्ममिटर, अक्सिमिटर लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको वडा पार्टी सदस्य तरिय कोभिड व्यवस्थापन तथा समन्वय समिति हर्मीका संयोजक धन बहादुर तमाङले जानकारी दिनुभयो ।
वडा पार्टी अध्यक्ष सुवासका अनुसार समुदायमा र थप कोरोना सङक्रमण फैलिन नदिन थप सतर्कता अपनाउन वडाका टोल टोलमा गठित टोल सुधार संस्था तथा समूहहरु मार्फत पार्टीको तर्फबाट हर्मीका प्रत्येक घरमा प्रति परिवार १५ वटा सर्जिकल मास्क विरणको प्रवन्ध मिलाइएको छ ।
नेकपा माओवादी केन्द्र सिरानचोक गाउँ पालिका स्तरिय कोभिड स्वास्थ्य इकाइका संयोजक नवराज पुडासैनि गुँरासले भन्नुभयो “हर्मीमा स्थानिय पार्टीले आफ्नै योजना र व्यस्थापनमा गरेको यो पहलकदमी देशभरका अ्रन्य पार्टी इकाइहरुले अनुसरण गर्नै पर्ने खालको छ” गुँरासले अगाडी भन्नु भयो “यो जनमुखि अभियान कोभिड सङक्रमण रहुन्जेल जारी राख्न र निरन्तर जनताको सेवामा जुट्न स्थानिय पार्टीलाई सल्लाह दिएका छौ”।
नेकपा माओवादी केन्द्र सिरानचोक गाउँ पालिका वडा नं ३ पार्टी समिति हर्मीले समुदायमा कोरोना संक्रमणको अवस्था र जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना परीक्षण, विरामीहरुलाई स्वास्थ्य सामग्री र औषधि वितरणजस्ता कार्यक्रमलाई तत्काल प्रभावकारी र सहज ढङगले संचालन गरि समुदायलाई कोरोना मुक्त बनाउन तत्काल ढोस योजना अगाडि बढाउन स्थानिय सरकार सँग माग गर्दै आफ्नो पार्टी सम्भब सबै साधन स्रोत परिचालन गरि जन स्वास्थ्यको रक्षा र ख्याल राख्न प्रतिवद्ध रहेको समेत स्मरण गराएको छ ।
