• सोमवार, श्रावण ११ गते २०८३

कुशासनको भद्दा नमुना - भागवण्डा मिलाउन मन्त्रालय फुटाउने

कुशासनको भद्दा नमुना - भागवण्डा मिलाउन मन्त्रालय फुटाउने

कुशासनको भद्दा नमुना - भागवण्डा मिलाउन मन्त्रालय फुटाउने

  • 4.3K
    SHARES

  • कुशासनको भद्दा नमुना - भागवण्डा मिलाउन  मन्त्रालय फुटाउने

    जनकपुर - नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने तयारि गरिरहेको उपेन्द्र यादब समूहले दलहरुबीच मन्त्रालयमा भागवण्डा नमिलेपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय फुटाउने तयारी गरेका छन्  ।

    अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छ ।

    महन्थ ठाकुर पक्षलाई हटाउँदा भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्री बिहीन छन् । बर्खास्त गरिएका अरु राज्यमन्त्री थिए ।

    अब कांग्रेस र माओवादी केन्द्रलाई दिन चार वटा मन्त्रालय टुक्र्याएर १० वटा पुर्‍याउने तयारी छ । जसपा सांसद रामअशिष यादवका अनुसार सामाजिक विकासलाई टुक्र्याएर नया मन्त्रालयका रुपमा शिक्षा तथा स्वास्थ्य बनाइनेछ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार झिकेर नयाँ मन्त्रालय बनाउने तयारी छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा सहकारीलाई अलग गर्ने तथा उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरणलाई अलग गरेर ४ वटा मन्त्रालय थप्ने प्रदेश सरकारको तयारी छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology