कोरोना भाइरस संक्रमण (कोबिड-१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री गोरखा आइपुगेको छ ।
स्वास्थ्य सामग्री हिजो (बुधवार) केन्द्रीय कोरोना विपद व्यवस्थापन केन्द्र (सिसिएमसी) ले उक्त स्वास्थ्य सामग्री जिल्ला कोरोना विपद व्यवस्थापन केन्द्र (डिसिएमसी) लाई दिएको हो ।
स्वस्थ्य मन्त्रालयबाट आएका खेमराज सापकोटा सहितको टोलीले सहजीकरण गरेको थियो भने नेकपाका जिल्ला इन्चार्ज कृष्ण धितालले उक्त सामग्री जिल्लास्तरको कोरोना विपद व्यवस्थापन केन्द्र(डिसिएमसी)लाई सो सामग्री हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामग्रीमा फेस मास्क ११५ थान, सर्जिकल मास्क २७ हजार थान, इक्जामिनेशन (लुज) ग्लोब्स १४ हजार पाँचसय थान, गमबुट ५३ जोर, इन्फ्रारेड थर्मोमिटर १० थान प्रदान गरिएको हो ।
त्यस्तै फेससिल्ड १५३ थान, सेफ्टी गगल्स सातसय ६५ थान, गगल्स पोलिकार्वोनेट(रियुजेबल्स) एकसय दुई थान, डिस्पोजेबल गाउन एकहजार चारसय ४० थान, पिपिई एकहजार तीनसय थान, डिस्पोजेबल क्याप एकहजार ४० थान, बायोहजर्ड ब्याग ७० थान रहेको लि टोलिमा सहभागी सुरेशकाजी श्रेष्ठ जानकारी दिए ।
सिसिएमसीमार्फत पिसिएमसी हुदै डिसिएमसीमा आउनु पर्ने सामग्री जिल्लाका जनप्रतिनिधिहरुको पहलमा सिधै डिसिएमसीमा ल्याइएको स्वास्थ्य मन्त्रालय आएका सापकोटाले बताए ।
केही दिन पहिले मात्र रास्ट्रिय सभाका सांसद तथा नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठको पहलमा क्षेत्र-२ का चार वटा पालिका र दुई वटा हस्पिटलमा स्वस्थ्या सामग्री पठाईएको थियो।