काठमाण्डौ - राजनीतिक विश्लेषक भरत दाहालले कुनै दिन भारत छिन्न भिन्न हुने विश्लेष्ण गरेका छन्। भारतले आफ्नो राष्ट्रिय गान, राष्ट्रिय झण्डा, अदालतलाई समेत अंग्रेजको पाला देखि आज सम्म बदल्न नसकेको भन्दै दाहालले जुनसुकै बेला पश्चिमाहरुबाट नराम्रोसँग गाजिएको भारतले अबको बदलिदो विश्व परिस्थिति थेग्न नसक्ने वताएका हुन्।
" भारत यस्तो देश हो त्यहाको राष्ट्रिय गान अहिले पनि बेलायतको सम्राट जर्ज प्रथम भारत भ्रमण आउदा १९११ मा रविन्द्रनाथ टेगोरले लेखिदिएको स्वागत गित हो। उनीहरु राष्ट्रिय गान फेर्न सकिरहेका छैनन्। अंग्रेजहरुले बनाएको तिरंगा झण्डानै उनीहरु राष्ट्रिय झण्डा भनिरहेका छन्। उनीहरुले आफ्नो झण्डा बनाउन सकिरहेका छैनन्। उनीहरुको सर्वोच्च अदालतमा अझै पनि अंग्रेजी भाषा मात्रै वैधानिक छ। उनीहरु यसलाई परिवर्तन गर्न सकिरहेका छैनन्। र, उनीहरुको सर्वोच्च अदालतले टुङ्गाउन नसकेको मुद्दा अझै पनि बेलायतको अदालतमा बहश हुन्छ। उनिहारु यसलाई पनि परिवर्तन गर्न सकिरहेका छैनन्। " दाहालले भने।
भारतीय वैज्ञानिक प्रखर प्रवक्ता तथा आजादी बचाओ आन्दोलको संस्थापक राजिब दिक्षितले ब्रिटिश लाइबेरिमा भारत स्वतन्त्र नभएको बरु ब्रिटिशले भारतलाई ९९ वर्ष लिजमा दिएको तथ्य पढेर आएको वताउदै अब सन् २०४६ मा विश्वको परिस्थिति यस्तै रहेमा भारत ब्रिटिशहरुको हातमा जान सक्ने वताए।
अहिलेको चिन विश्वको महाशक्ति भएको र रुस समेत चिनिया गठबन्धनमा रहेको वताउदै दाहालले अब युद्ध भएमा र भारतलाई पश्चिमाहरुले प्रयोग गर्ने प्रयास गरेमा २४ घण्टामा टुक्रा टुक्रा हुने वताए। भारतको अहिलेको रोल हेर्दा उनीहरुले यो परिस्थितिलाई थेग्न नसक्ने र भारत टुक्रा टुक्रा हुने दाहालको विश्लेष्ण छ।