• सोमवार, श्रावण ११ गते २०८३

अब अमेरिका खेल्ने ठाँउ भनेको नेपाल हो

अब अमेरिका खेल्ने ठाँउ भनेको नेपाल हो

अब अमेरिका खेल्ने ठाँउ भनेको नेपाल हो

  • 6.1K
    SHARES

  • अब अमेरिका खेल्ने ठाँउ भनेको नेपाल हो

    दक्षिण एशियामा यहाँको दलाल सत्ता मात्र यूक्रेन संकटबारे अमेरीका र नेटोको पक्षमा उभिएको छ। यूक्रेन संकटमा अमेरीकाको भूमिका र त्यहाँका राष्ट्रपतिको पुटिन विरुद्धको दरिद्र अभिव्यक्तिपछि पश्चिमा ब्लकमा झनै ठूलो बिग्रह आएको छ। यूक्रेनमा पश्चिमाहरुको पराजय निश्चित छ। अब अमेरीका खेल्ने ठाउँ भनेको ताईवान, नेपाल र खाडी क्षेत्र हो।

    भाषा हेर्दा सामान्य, मनोविज्ञान असामान्य !

    चीनको आफ्नै पहलमा अफगानिस्तान, पाकिस्तान, ईण्डिया हुँदै नेपालको आकश्मिक भ्रमण भयो। 'आकश्मिक' भन्ने शब्दले के अर्थ दिन्छ भन्ने कुरा सबैलाई जानकारी हुनुपर्छ। यस्तो भ्रमण कुनै गंभिर परिस्थिति उत्पन्न भएको बेलामा मात्र हुन्छ। तर चिनियाँ विदेशमन्त्रीको भ्रमणमा ठोस एजेन्डा केही देखिएनन्।

    भ्रमण चीन र नेपालको सत्ता एक अर्कासंग तर्सिएको मनोवैज्ञानिक भावमा पूरा भएको छ। आकश्मिक रुपमा आएका विदेशमन्त्री आरामपूर्वक चिया गफ गरेर समय गुजार्न आएका थिएनन्। त्यसो भए यो भ्रमणको उद्देश्य के ? उद्देश्य स्पष्ट छ, यूक्रेन संकट र एमसिसि अनुमोदनपछिको नेपालको सत्ताको मनोविज्ञान बुझेर आगामी रणनीति बनाउनु।

    दक्षिण एशियामा यहाँको दलाल सत्ता मात्र यूक्रेन संकटबारे अमेरीका र नेटोको पक्षमा उभिएको छ। यूक्रेन संकटमा अमेरीकाको भूमिका र त्यहाँका राष्ट्रपतिको पुटिन विरुद्धको दरिद्र अभिव्यक्तिपछि पश्चिमा ब्लकमा झनै ठूलो बिग्रह आएको छ। यूक्रेनमा पश्चिमाहरुको पराजय निश्चित छ। अब अमेरीका खेल्ने ठाउँ भनेको ताईवान, नेपाल र खाडी क्षेत्र हो।

    खाडीमा पनि अमेरीकाको हातबाट साउदी र यूएई जस्ता देशहरु चिप्लिंदै गएका छन्। ताईवान सितिमिति यूक्रेन बन्न राजी हुने छैन। यसो भएमा अमेरीकाका आँखा नेपालमा केन्द्रीत हुन जरुरी हुन जान्छ। चीनले यही कुराको मनोविज्ञान बुझ्न खोजेको छ। यूक्रेन संकटपछिको विश्व विभाजनमा नेपालको सत्ताको संभावित भूमिका र बिआरआई संझौताप्रतिको धारणा बुझ्नु नै चिनियाँ विदेशमन्त्रीको भ्रमणको मूल उद्देश्य हो।

    यो प्रयास चीन मात्र होईन, सबै गैर-पश्चिमा ब्लकको चासोसंग सम्बन्धित छ। यूक्रेन मामिलामा नेटोको पक्ष लिएर शेरबहादुरको गठबन्धनले आफ्नो कित्ता स्पष्ट पारिसकेको छ। चिनियाँ विदेशमन्त्रीको भ्रमणमा बिआरआई संझौताका विषयमा कुनै एजेन्डा नबनाएर यसले एमसिपिसको चीन विरोधि रणनीति पनि स्पष्ट गरिदिएको छ।

    अब नेपाल त्यो ठाउँमा छैन, जहाँ केही महिना अगाडी थियो। अमेरीकाले दलालहरु प्रयोग गरेर नेपाललाई विश्वको भूराजनीतिक चक्रब्युहमा फसाईसकेको छ। यसको गंभिर प्रभाव यूक्रेन संकटको समापनपछि तिब्र रुपमा देखा पर्न सुरु गर्नेछ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology