• आइतवार, आश्विन ४ गते २०८३

लिगलिग-पालुङटार विकास प्रतिष्ठान र पिनले दियो पालुङटार नगरपालिकालाई यस्ता सुझाव

लिगलिग-पालुङटार विकास प्रतिष्ठान र पिनले दियो पालुङटार नगरपालिकालाई यस्ता सुझाव

लिगलिग-पालुङटार विकास प्रतिष्ठान र पिनले दियो पालुङटार नगरपालिकालाई यस्ता सुझाव

  • 4.2K
    SHARES

  • लिगलिग-पालुङटार विकास प्रतिष्ठान र पिनले दियो पालुङटार नगरपालिकालाई यस्ता सुझाव

    आर्थिक बर्ष २०७७/०७८को नीति,कार्यक्रम तथा योजना निर्माणका लागि  गोरखाको पालुङटार नगरपालिकालाई लिगलिग-पालुङटार विकास प्रतिष्ठान र (पिन)प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल गण्डकी प्रदेशले छुट्टा-छुट्टै सुझाव दिएका छन् ।

    पिनको तर्फबाट विकास वाग्लेको नेतृत्वको टोली र लिगलिग-पालुङटार विकास प्रतिष्ठानको को तर्फबाट उमाकान्त देवकोटा नेतृत्वको टोलीले पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेललाई नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव दिएको हो ।

    पालुङटारलाई नगरपालिकालाई नमूना गाउँ सहितको स्मार्ट सिटी बनाउन आवश्यक व्यवस्थित आवास निर्माण, खानेपानी, विद्युत, सडक, सुचना प्रविधि , शैक्षिक केन्द्रहरु लगायतका पूर्वाधारहरुको बिकास गर्नुपर्ने  सुझाव  दिएको पिनका गण्डकी प्रदेश अध्यक्ष विकास वाग्लेले जानकारी दिए।

    उनले पालुङटार नगरपालिका भित्र कृषि कलेज, प्रादेशिक औद्योगिक क्षेत्र प्रदेश तथा केन्द्रिय सरकारको समन्वयमा संचालन गर्ने र गोरखा पोलिटेक्नीक ईन्ष्टीच्युट पालुङटारलाई शैक्षिक हब (ईन्जिनियरिङ) को रुपमा विकसित गर्ने लगायतका बिषयहरु लाई समेटिएको बताए ।

    त्यस्तै ,लिगलिग-पालुङटार विकास प्रतिष्ठानका अध्यक्ष मुक्ति पोखरेलले सबैका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन चेपे नदिवाट पम्पिङ गरि लिगलिगकोट पुर्याई पानी वितरण गरि एक घर एक धारा तथा हरेक टोलमा एक स्वास्थ्य कार्यकर्ता परिचालन गर्न सुझाब दिएको बताए।

    नगरपालिका भित्र रोजगारीको सृजना गर्न र आर्थिक सम्बृद्धिका लागि जमिनको बैज्ञानिक वर्गीकरण गरी ब्यापक चक्लाबन्दी गरेर सामूहिक कृषि खेती गरि उत्पादनमा जोड दिने र बाँझिएको जमिनलाई कृषि उत्पादनमा जोड्न कृषकहरुलाई न्यूनतम अनुदान सहयोग सहित प्रोत्साहन गर्ने नीति अबलम्बन गर्न सुझाब दिएको पोखरेलले बताए।

    साथै उनीहरुले नगरपालिका भित्रक ग्रामीण क्षेत्रका बस्तीहरुको योजनाबद्ध बिकासको लागि “एक घर एक करेसाबारी र एक घर एक फुलबारी” निर्माण गर्ने गरी भवन निर्माण संहिता लागू गर्न र हरेक वडाहरुमा कृषि चिस्यान एवं कृषि उपज भण्डारण केन्द्रको स्थापना गर्न, संस्कृति, पर्यटन तथा वातावरण संरक्षण गर्दै पालुङटार हवाई मैदान सञ्चाउनमा गर्ने, एक वडा एक ब्यबस्थित पार्क” निर्माणको अभियान संचालन गर्ने, सूचना तथा प्रविधि क्षेत्रको बिकास गर्दै स्थानीय तहमा रहेका तथ्याङ्क, विवरणहरुलाई डिजिटलाईज गर्न समेत सुझावमा समेटेका छन् ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७१०:५९:५७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology