भानु नगरपालिका वडा नं. ३ स्थित तनहुँको तुरतुरे हुँदै गोरखाको पालुङटार जाने सडक अवरुद्ध भएको छ ।
अबिरल वर्षा संगै पहिरोका कारण गोरखाको पालुङटार नगरपालिका जोड्ने मस्र्याङ्दी नदी माथीको बेलिब्रिज (पुल)को जिप पहिरिए पछि यो सडक अवरुद्ध भएको हो ।
मस्र्याङ्दी नदीमा पानीको वाहव बढेसँगै जिप छेउमा कटानका कारण पहिरो गएको स्थानीय बताउछन् । त्यहाँ नजिकै पक्की मोटरेबल पुल निर्माण सुरु भएपनि पुरा भएको छैन ।
उक्त बेलिब्रिज (पुल) अवरुद्ध हुँदा पालुङटारका स्थानीयलाई नजिकको बजार तनहुँको डुम्रे हुँदै आउजाउ गर्न समस्या भएको छ ।