गोरखाको पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपैँया बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख ई. दीपक बाबु कंडेलले गर्दै आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि नगरपालिकाको नगर कार्यपालिका तथा सम्पूर्ण समिति लगायतलाई नीतिगत मार्गनिर्देशन र नगरसभामा आ.व. ०७७/०७८ का लागि प्रस्तावित नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
आगामी आर्थिक बर्षमा प्रस्तावित नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा यस नगरपालिकाको कार्य संचालन जिम्मेवारी प्राप्त गरि सार्वभौम नगरवासीहरुका आवस्यकताहरुको सम्बोधन र अनुभवको आधारमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, आर्थिक सामाजिक विकासका क्षेत्रमा केहि सकारात्मक परिबर्तनको सुरुवात संगै राजनीतिक परिवर्तन पछिको बढ्दो जन अपेक्षा र नगरपालिकाको सिमित श्रोत साधनका वीचमा सामञ्जश्यता कायम गरि दीर्घकालीन रुपमा पर्याप्त, प्रभावकारी र प्रणालिबद्ध सेवा प्रवाहको सुनिश्चितता गर्नु पर्ने गुरुत्तर जिम्मेवारि बहन नेपालको संविधानमा उल्लेखित राज्यका नीति निर्देशक सिद्धान्त, नागरिकका मौलिक हक र दायित्व, स्थानीयतर्फ यस सरकारका कार्यक्षेत्र भित्र रहेका एकल र साझा अधिकारका विषयहरु, यसका प्राथमिकताहरु, स्थानीय सरकार संचालन ऐनमा व्यवस्था गरिएका प्रावधानहरु, संघीय सरकारवाट प्राप्त हुने सवै प्रकारका अनुदान र नीतिगत मार्गदर्शनहरु,प्रदेश सरकारवाट प्राप्त हुने अनुदान र बजेट तर्जुमाका आधारहरु, यस नगरपालिकाको आन्तरिक आय र प्राथमिकताका क्षेत्रहरु, नगरवासीका चाहना र संभावनाहरुलाई आधार मानि पालुङटार नगरपालिकाले बजेट प्रस्ताब पेश गरेको छ ।
त्यस्तै बजेटमा प्रमुख स्रोत कृषि पेशा नै रहेको र यसका लागि कृषि क्षेत्रको व्यवसायीकरण र वजारीकरणलाई बढी जोड दिईएको छ।वातावरण संरक्षण तथा बिपद व्यवस्थापन, संस्थागत विकास क्षमता अभिवृद्धि तथा सुशासन, कृषि, पर्यटन, महिला तथा वालबालबालिका आदिमा विशेष जोड दिने र नगरपालिका क्षेत्र भित्र जन्मिएका बालबालिकाहरुलाई नगरपालिकाले १०००रुपैयाँ राखी खाता खोलिदिने कार्य मार्फत २००० रुपैया कायम गरि निरन्तरता दिने भएको छ l
गर्भवति जाँच गराउन आउने गर्ववती महिलाहरुलाई एक सुत्केरी झोला र गर्ववती भए पश्चात सरकारले दिदै आएको सुत्केरी भत्तामा न.पा ले रु ५०० रुपिया थप गर्ने, “दुइ रुपिया राष्ट्रको लागि, मेरो लागि सदाका लागि” भन्ने मूल नाराका साथ यूवा लक्षित कार्यक्रम अगाडि बढाउने भएको छ l कार्यक्रममा नगर सभाध्यक्ष एव नगर प्रमुख ई. दीपक बाबु कंडेलले कोरोना भाइरस (कोभिड-१९) लकडाउनका कारण रोकिएका क्रमगत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाइ नगरबासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको छ । आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेकोले बजेटमा भौतिक पूर्वाधार तर्फ नयाँ कार्यक्रम समावेश गर्न नसकिएको बताएको छ ।
कार्यक्रममा नगर उप-प्रमुख तथा न्यायिक समिति संयोजक पम्फा बसेलले आ.व. मा बिभिन्न शिर्षकमा संकलन हुने अनुमानित राजस्व प्रस्तुतीकरण गर्नुहुदै पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि कुल बजेट ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपैँया बजेट सातौं नगर सभामा सार्वजनिक गरेकी छिन् l
बजेटमा आम्दानीका स्रोतको रुपमा संघीय सरकारको तर्फबाट प्राप्त हुने समानिकरण अनुदान रु १७,९३,००,०००.०० (अक्षरुपि: सत्र करोड त्रियानब्बे लाख), शशर्त अनुदान (चालु) तर्फ रु २९,३८,००,०००.०० (अक्षरुपि: उन्तीस करोड अड्तीस लाख), समपुरक अनुदान तर्फ रु २,४०,००,०००.०० (अक्षरुपि: दुइ करोड चालिस लाख), राजश्व बाडफाड ९,३८,५८,४८०.०० (अक्षरुपि: नौ करोड अड्तीस लाख अन्ठाउन्न हजार चार शय असी) रुपिया गरि कुल अनुदान रकम रु ५९,०९,५८,४८०.०० (अक्षरुपि: उनान्साठी करोड नौ लाख अन्ठाउन्न हजार चार शय असी) रुपिया त्यसै गरि प्रदेश सरकार तर्फवाट प्राप्त अनुदान समानीकरण अनुदान रु १,२६,५४०००.०० (अक्षरुपि: एक करोड छबिस लाख चौवन्न हजार), राजश्व बाडफाड ५७,७२०००.०० (अक्षरुपि: सन्ताउन्न लाख बहत्तर हजार), शशर्त अनुदान तर्फ रु ५०,००,०००.०० (अक्षरुपि: पचास लाख रुपिया) जनसहभागिता रु १,००,००,०००.०० (अक्षरुपि: एक करोड रुपिया) गरि जम्मा कुल बजेट रु ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपिया प्राप्त हुने लक्ष्य निर्धारण गरीएको बसेलले जानकारी दिईन् ।