• सोमवार, श्रावण ११ गते २०८३

बारपाक-सुलिकोट गाउँपालिकाको बजेट ५५ करोड १४ लाख !

बारपाक-सुलिकोट गाउँपालिकाको बजेट ५५ करोड १४ लाख !

बारपाक-सुलिकोट गाउँपालिकाको बजेट ५५ करोड १४ लाख !

  • 5.8K
    SHARES

  • बारपाक-सुलिकोट गाउँपालिकाको बजेट ५५ करोड १४ लाख !

    गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५५ करोड १४ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज (बुधबार) सातौं गाउँसभामापालिकाका अध्यक्ष विष्णु भट्टले आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक गरिएको बजेट अनुसार प्रशासनिक चालु खर्च तर्फ ५ करोड १७ लाख रुपैयाँ, शिक्षा तर्फ एक करोड १५ लाख, सडक पुलमा एक् करोड ६८ लाख, वडागत खर्च ३ करोड ७६ लाख २० हजार, गाउँपालिका स्तरका योजनामा दश करोड ६० लख, स्वास्थ्य तर्फ ५६ लाख, , कृषितर्फ ५६ लाख, परामर्श खर्चमा ७० लाख, यसबाहेक अन्य खरिद तथा कार्यक्रमका लागि दुई करोड ४६ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

    यस्तै, प्रदेशका समपुरक योजनाका लागि एक करोड ५० लाख, संघका समपुरक योजनाका लागि २ करोड, संघको विशेष अनुदान योजनाका लागि एक करोड रुपैयाँ खर्च हुने प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय सरकारको शशर्त अनुदानबाट आगामी बर्ष २२ करोड ९३ लाख रुपैयाँ बराबरका योजना कार्यान्वयन हुनेछन् ।

    गाउँसभाले दुईवटा बिधेयक पनि पारित गरेको छ । वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक र बाल अधिकार ब्यबस्थीत गर्ने विधेयक सुझाव सहित पारित भएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिए ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७११:०५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology