• आइतवार, आश्विन ४ गते २०८३

अभिनयसँगै गायनमा पनि आए जिग्री

अभिनयसँगै गायनमा पनि आए जिग्री

अभिनयसँगै गायनमा पनि आए जिग्री

  • 7.6K
    SHARES

  • अभिनयसँगै गायनमा पनि आए जिग्री

    चर्चित हाँस्य कलाकार, लेखक एवं निर्देशक कुमार कट्टेल ‘जिग्री’ले कलाकारितमा नयाँ फड्को मारेका छन् । अभिनयसँग जिग्रीले आफ्नै स्वरमा गीत रेकर्ड गरि आफ्नै जन्मदिनको अवसरमा सार्वजनिक समेत गरेका छन् ।

    उनले ‘मञ्जुरी’ नाम दिएर आफ्नै स्वरको गीत गीत सार्वजनिक गरेका हुन् । जिग्रीको मञ्जुरी मायाप्रेममा आधारित रहेर तयार पारिएको छ, जसमा शब्द, लय र संगित भीम विसीको रहेको छ भने स्वरका लागि कट्टेललाई मेलिना मैनालीले साथ दिएकी छन् ।

    सक्किगोनी टेलि सिरियलका समेत निर्देशक रहेका दीपक आचार्य ‘काकु’ ले गीतको भिडियोको निर्देशन गरेका छन् भने अभिनयमा कुमार स्वयं र रक्षा श्रेष्ठलाई देख्न सकिनेछ । प्रविन भट्टले उक्त गीतको सम्पादन गरेका छन्।

    ‘मेरो गायन यात्रामा यो पहिलो प्रयास हो, आफुले सकेको मेहेनत गरेको छु’, कुमारले भने, ‘मेरो कलाकारितासँगै दर्शकहरुले गीत पनि मन पराउनु हुनेछ भन्ने आशावादी छु ।’

    सामाजिकपत्र

    • सोमवार, श्रावण ४ २०७८०२:१७:३६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology