• सोमवार, श्रावण ११ गते २०८३

केपी ओलीको नक्कली राष्ट्रवादलाई चुनौति दिँदै माओवादि केन्द्र मैदानमा, दिल्लीको समेत उड्यो होस

केपी ओलीको नक्कली राष्ट्रवादलाई चुनौति दिँदै माओवादि केन्द्र मैदानमा, दिल्लीको समेत उड्यो होस

केपी ओलीको नक्कली राष्ट्रवादलाई चुनौति दिँदै माओवादि केन्द्र मैदानमा, दिल्लीको समेत उड्यो होस

  • 5.5K
    SHARES

  • केपी ओलीको नक्कली राष्ट्रवादलाई चुनौति दिँदै माओवादि केन्द्र मैदानमा, दिल्लीको समेत उड्यो होस

    लिम्पियाधुरा - नेपाल भारत सिमा विवाद रहँदै आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा पहिलोपटक नेपालको राजनीतिक दलले आफ्नो संगठन विस्तार गरेका छन्। लामो समयसम्म कुनै पनि पार्टीले यो ठाउँमा सम्मेलन गर्न सकेको छैन।

    यो क्षेत्र अन्तर्गत पर्ने व्यास गाउँपालिकामा पुगेर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले भव्यताका साथ पहिलो पटक पालीका सम्मेलन गरेको हो। 

    धनसिंह कुवरको नेतृत्वमा पालीका स्तरीय ५५ सदस्यीय समिति गठन गरिएको छ। सम्मेलनमा माओवादी केन्द्रका सुदूरपश्चिमका सह-इन्चार्ज लक्ष्मणदत्त जोशी, सुदूरपश्चिम सरकारका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी, दार्चुला जिल्ला मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी लगायत स्थानीय नेताहरू सहभागी भएका थिए। सम्मेलनबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भूमि नेपालको हो भनेर सन्देश प्रवाह भएको सहभागी एक नेताको भनाई छ।

     तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा बनेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा प्रकाशन गरेको थियो। उक्त भूभाग समेटिएको नक्सा पाठ्यपुस्तकमा छाप्ने प्रक्रिया तत्कालीन शिक्षामन्त्री गरीराजमणि पोखरेलले अगाडि बढाएका थिए। तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त प्रक्रिया रोकिएको थियो।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology