• सोमवार, श्रावण ११ गते २०८३

शहिद लखन गाउँपालिकाद्धारा ५२ करोड ४७ लाखको बजेट सार्वजनिक

शहिद लखन गाउँपालिकाद्धारा ५२ करोड ४७ लाखको बजेट सार्वजनिक

शहिद लखन गाउँपालिकाद्धारा ५२ करोड ४७ लाखको बजेट सार्वजनिक

  • 4.2K
    SHARES

  • शहिद लखन गाउँपालिकाद्धारा ५२ करोड ४७ लाखको बजेट सार्वजनिक

    गोरखाको शहिद लखन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि कुल ५२ करोड ४७ लाख ४० हजार ४ सय ५७ रुपैयाको बजेट बुधबार सार्वजनिक गरेको छ ।

    गाउँपालिकाले सार्वजनिक गरेको बजेट अन्र्तगत चालु खर्च तर्फ २१ करोड २२ लाख २५ हजार रुपैया बिनियोजन गरेको छ भने पुँजीगत तर्फ रु ३१ करोड २५ लाख १५ हजार ४ सय ५७ रुपैया रकम बिनियोजन भएको गाउँपालिकाले बताएको छ ।

    गाउँपालिकाले भौतिक पूर्वाधारको बिकास, शिक्षा, स्वास्थ्य, देखि लिएर कोरोना भाइरस रोकथाम र नियन्त्रण र न्युनिकरणका लागि बजेटमा प्राथामिकता दिएको छ ।

    कोरोना भाइरसको रोकथाम र नियन्त्रणका गाउँपालिकाले रु १ करोड २० लाख रुपैया बजेट बिनियोजन गरेको छ । त्यस्तै गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि रु १ करोड २० लाख, गाउँपालिकामा बहुउद्देस्यिय सभाहल निर्माणका लागि रु ७५ लाख, कृषि बजार पूर्वाधारका लागि रु २५ लाख रुपैया बजेट बिनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले घोषणा गरिन ।

    गाउँपालिकाले आगामी आर्थिक बर्षमा नेपालका प्रथम शहिद लखन थापामगरको किल्लाको पूर्वाधार निर्माणका जग्गा व्यवस्थापन गर्न रु ६० लाख बिनियोजन गरेको छ ।

    त्यस्तै पालिका भित्रका सवै वडाहरुमा मुख्य सडक स्तरोन्नतीका लागि रु १ करोड २८ लाख २८ हजार बिनियोजना भएको छ भने नाम्जुङ धैरुङ, तिनमाने मनकामना सडकखण्डको स्तरोन्नतीका लागि रु १५ लाख रकम बिनियोजन गरिएको बजेटमा उल्लेख छ ।

    कार्यालय भवन निर्माण गर्न बाँकी रहेका वडा नम्बर ५ र ७ को कार्यलय भवन निर्माण गर्नका लागि रु १ करोड २५ लाख, मनकामना आयुर्वेद औषधालयको भवन मर्मतका लागि रु ५ लाख र मनकामना मन्दिर क्षेत्रमा आउने धार्मिक पर्यटक तथा तिर्थयात्रीहरुलाई मनकामना मन्दिर क्षेत्रको बारेमा जानकारी दिने उद्देस्य सहित सूचना केन्द्र स्थापनका लागि रु २५ लाख रुपैया बजेट बिनियोजन गरिएको छ।

    गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण रोजगारी गुमाएकाहरुलाई कृषि क्षेत्र मार्फत गाउँमै रोजगारीको सिर्जना गर्ने लक्ष्य सहित कृषि र पशु उत्पादनमा गाउँपालिकालाई आत्मा निर्भर बनाउन बजेटमा प्राथामिकता दिएको छ ।

    त्यसका लागि कुल १ करोड ४० लाख रकम छुट्याएको छ । त्यस्तै गाउँपालिकाको शिक्षा क्षेत्रको बिकासका लागी १ करोड ४० लाख रुपैया आगामी आर्थिक बर्षका लागि बिनियोजन गरिएको छ ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७११:०६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology