• सोमवार, श्रावण ११ गते २०८३

भिमसेन थापा गाउँपालिका सिल

भिमसेन थापा गाउँपालिका सिल

भिमसेन थापा गाउँपालिका सिल

  • 7.4K
    SHARES

  • भिमसेन थापा गाउँपालिका सिल

    विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या गाउँपालिका पनि बढ्दै गएपछि भिमसेन थापा गाउँपालिका एक साताको लागि सिल गरिएको छ ।

    कोरोना भाइरसका बिरामी बढ्दै गएको र कन्ट्याक्ट ट्रेसिङमा समेत केहीलाई संक्रमण देखिएपछि गाऊपालिका सिल गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाले पालिकाभर बन्दाबन्दीको घोषणा गरेपछि सदरमुकामबाट थप सुरक्षाकर्मी पठाइएको छ। सिसिएमसी गोरखाको बैठकले सुरक्षाकर्मीको संख्या बढाउने निर्णय गरेको थियो ।

    हिजो बसेको गाउँ कार्यपालिकाको २३ औं बैठकले अर्को निर्णय नभएसम्मका लागि पालिकाका विभिन्न क्षेत्रमा पूर्ण रुपमा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

    वडा नम्वर ५ रिट्ठेपानी, वडा नम्वर ६ झिंगटे र मोहरिया, वडा नम्वर ८ को महादेवटार क्षेत्रमा कोरोना संक्रमण फैलिएकोले ती क्षेत्रसहित पालिकाभर लकडाउन अर्थात बन्दाबन्दी गर्ने निर्णय भएको पालिकाले जनाएकाे छ ।

    गाउँपालिकाको बैठकले कोरोना संक्रमण हुन सक्ने सम्भावित स्थानहरुमा मानिसहरुको अवतजावत पूर्ण रुपमा बन्द गर्ने, पालिकाभित्रका सम्पूर्ण बैङ्क तथा वित्तिय संस्था, उद्योग, ब्यवसाय तथा पसलहरु बन्द गर्ने र एक वडाबाट अर्को वडासम्म अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाउने पनि निर्णय गरेको छ ।

    हालसम्म भिमसेन थापा गाउँपालिकाका २ सय १६ जनाको पिसिआर परिक्षण गरिएको छ। जसमध्ये २६ जनामा कोरोना पुष्टी भएको छ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७११:०७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology