• बिहिवार, कार्तिक २० गते २०८३

पार्टि फुटाउन कमल थापाको भेला, यी हुन् सहभागी नेताहरु

पार्टि फुटाउन कमल थापाको भेला, यी हुन् सहभागी नेताहरु

पार्टि फुटाउन कमल थापाको भेला, यी हुन् सहभागी नेताहरु

  • 5.5K
    SHARES

  • पार्टि फुटाउन कमल थापाको भेला, यी हुन् सहभागी नेताहरु

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले बोलाएको आफू पक्षीय नेताहरूको भेला चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सुरु भएको छ।

    थापाले नयाँ पार्टी खोल्ने गृहकार्य गरिरहेको हल्ला चलिरहेका बेला आज बस्ने बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ। थापानिकट एक नेताले आजको बैठकको मूल एजेन्डा नै नयाँ दल दर्ताको तयारी रहेको जनाएका छन्।

    भर्खरै सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायत नेता तथा केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ।

    मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापा पराजित भएका थिए। सोही महाधिवेशनपछि राप्रपाको नेतृत्व सम्हाल्दै आएका राजेन्द्र लिङ्देनले शनिबार थापालाई भेटेका थिए।

    महाधिवेशनमा निर्मल निवासले राप्रपा र एकता महाधिवेशनमा हस्तक्षेप गरेको र सो विषयबारे पार्टीमा छलफल हुनुपर्ने बताएका थिए।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology