• बिहिवार, कार्तिक २० गते २०८३

राजसंस्थाको पछि लाग्नु गल्ती थियो : कमल थापा

राजसंस्थाको पछि लाग्नु गल्ती थियो : कमल थापा

राजसंस्थाको पछि लाग्नु गल्ती थियो : कमल थापा

  • 4.9K
    SHARES

  • राजसंस्थाको पछि लाग्नु गल्ती थियो : कमल थापा

    वीरगन्ज। राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनःस्थापनको सम्भावना नरहेको बताएका छन्। वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले हिन्दू राष्ट्रको एजेण्डा लिएर जनतामाझ जाने बताएका हुन्।

    नेपालका ९४ प्रतिशत जनता हिन्दू रहेको र हिन्दू राष्ट्रकै एजेण्डाले राप्रपा नेपाललाई मुलुकको शक्तिशाली राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने उनले दावी गरे।

    २०७० सालको निर्वाचनमा तेस्रो शक्तिका रुपमा राप्रपा नेपाल स्थापित भए पनि पार्टीलाई अझ ठूलो बनाउने महत्वकांक्षा राखेर गलत प्रवृतिसँग गलत सम्झौता गरेका कारण २०७४ को निर्वाचनमा पार्टीले ठूलो पराजय व्यवहोरेको उनले स्वीकार गरे। थापाले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालले ७५३ वटै स्थानमा चुनाव लड्ने बताए।

     

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology