• सोमवार, श्रावण ११ गते २०८३

रङ्ग पत्रकार सबिता पोख्रेल र संचारकर्मी राजु बोहरा पत्रकारिता सम्मानबाट सम्मानित

रङ्ग पत्रकार सबिता पोख्रेल र संचारकर्मी राजु बोहरा पत्रकारिता सम्मानबाट सम्मानित

रङ्ग पत्रकार सबिता पोख्रेल र संचारकर्मी राजु बोहरा पत्रकारिता सम्मानबाट सम्मानित

  • 6.7K
    SHARES

  • रङ्ग पत्रकार सबिता पोख्रेल र संचारकर्मी राजु बोहरा पत्रकारिता सम्मानबाट सम्मानित

    काठमाण्डौ । ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करण सम्पन्न भएको छ । चैत्र १२ गते शनिबार महाराजगन्ज स्थित रोयल दरबार इभेन्ट्समा आयोजित कार्यक्रममा कार्यक्रममा नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि योगदान पुर्याए वापत रङ्ग पत्रकार सबिता पोख्रेल र संचारकर्मी राजु बोहरालाई सम्मान गरिएको छ । पत्रकारिताको मार्फत नेपाली गीत संगीतको क्षेत्रमा पोखरेल र बोहराले पुर्याऊनु भएको योगदानको कदर गर्दै उहाँहरुलाई पत्रकारिता सम्मान - २०७८ बाट सम्मान गरिएको हो । पोखरेल म्युजिक खबर.कमकी सम्पादक हुनुहुन्छ भने बोहरा सँगितसरोबर.कमका सचालक एवम् रेडियो मिर्मिरेका पत्रकार हुनुहुन्छ । चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा गीत संगीत, तथा डकुमेन्ट्री सँग सम्बद्ध जम्मा ३६ विधामा उत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने भनिएकोमा विभिन्न विधाका जुरी अवार्ड सहित जम्मा ४७ विधामा अवार्ड प्रदान गरिएको छ  । रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करणमा तुलसी घिमिरे, राजु सिङ, देविका बन्दना, रमेश उप्रेति, कुमार बस्नेत, रबिन्द्र खड्का, आकास अधिकारी, सुसिल नेपाल, कमल राई लगाएत बरिष्ट व्यक्तित्वहरुको उपस्थितिले पनि कार्यक्रमलाई गर्भिलो बनाएको थियो । अवार्ड कार्यक्रममा स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिएको आयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए । रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करणमा तुलसी घिमिरे, राजु सिङ, देविका बन्दना, रमेश उप्रेति, कुमार बस्नेत, रबिन्द्र खड्का, आकास अधिकारी, सुसिल नेपाल, कमल राई लगाएत बरिष्ट व्यक्तित्वहरुको उपस्थितिले पनि कार्यक्रमलाई गर्भिलो बनाएको थियो । अवार्ड कार्यक्रममा स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिएको आयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए । गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्ड कार्यक्रमको आयोजना गरिएको रोयल मुभिज प्रालिले बताएको छ । निष्पक्षताका साथ् आयोजना हुँदै आएकोले, रोयल मुभिज प्रा.लि.को प्रस्तुति ज्योति फिल्म्स अवार्ड जस्तो कार्यक्रमले निरन्तरता पाउनु पर्ने उपस्थित पाहुनाहरुले बताए

    सामाजिकपत्र

    • सोमवार, चैत्र १४ २०७८०१:५३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology