• सोमवार, श्रावण ११ गते २०८३

‘बजाई देउ’पछि समिक्षाले ल्याइन् ‘हाँगाको फुल’को गित सार्बजनिक

‘बजाई देउ’पछि समिक्षाले ल्याइन् ‘हाँगाको फुल’को गित सार्बजनिक

‘बजाई देउ’पछि समिक्षाले ल्याइन् ‘हाँगाको फुल’को गित सार्बजनिक

  • 7.8K
    SHARES

  • ‘बजाई देउ’पछि समिक्षाले ल्याइन् ‘हाँगाको फुल’को गित सार्बजनिक

    काठमाडौँ । चर्चित गीत कुरा काट्ने मान्छेले काटुनका गायक सुभाष पुरीको प्रस्तुतीमा अर्को नयाँ गीत हाँगाको फुलको भिडियो बजारमा आएको छ ।

    लोकप्रिय गायिका समीक्षा अधिकारीको आवाजमा रहेको हाँगाको फुलले प्रेमका नाममा प्रेमीकालाई धोका दिने युवा जमातहरुको मार्मिक र यर्थाथ विषयलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ ।

    प्रेमीलाई आफ्नै ठानेर मनको घडेरी दिएपनि समयसँगै प्रेमी फेरीएको र बिचबाटोमा नै धोका दिएको कथालाई निर्देशक बिक्रम चौहानले गज्जबसँग भिडियोमा प्रस्तुत गरेका छन् । भिडियोमा टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल बिना राउत र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

    दिनेशराज पुरीको शब्द शृजनामा नबिन कार्कीको संगीत रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका हुन् ।

    केही समय अघि मात्रै गायक सुभाष पुरी र गायिका समीक्षा अधिकारीको आवाजमा ‘बजाई देउ’ बोलको गीत बजारमा आएको थियो । जसको व्यापक चर्चा भएको थियो ।

    सामाजिकपत्र

    • मंगलवार, चैत्र १५ २०७८०८:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology