• सोमवार, श्रावण ११ गते २०८३

भीमसेन थापा गाउँपालिका अध्यक्षलाई जनता समाजबादीको २० बुदे ध्यानाकर्षण पत्र

भीमसेन थापा गाउँपालिका अध्यक्षलाई जनता समाजबादीको २० बुदे ध्यानाकर्षण पत्र

भीमसेन थापा गाउँपालिका अध्यक्षलाई जनता समाजबादीको २० बुदे ध्यानाकर्षण पत्र

  • 6.0K
    SHARES

  • भीमसेन थापा गाउँपालिका अध्यक्षलाई जनता समाजबादीको २० बुदे ध्यानाकर्षण पत्र

    जनता समाजबादी पार्टी नेपाल भीमसेन थापा गाउँपार्टी कमिटीले गाउँपालिका अध्यक्ष इश्वर पाण्डेलाई २० बुदे माग सहितको ध्यानकर्षण पत्र बुझाएको छ ।

    गाउँपाटी अध्यक्ष रोहित पाण्डेको नेतृत्वमा गएको टोलीले मंगलबार गाउँपालिका अध्यक्ष पाण्डे समक्ष बिभिन्न माग सहितको ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानकर्षण पत्रमा मनसुनका कारण जोखिममा परेका गाउँपालिका भित्रका सम्पूर्ण घर टहरा कुलो र नहरहरुको तत्काल तथ्याङक संकलन गरि पिडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ ।

    त्यस्तै कोरोना संक्रमितलाई दिइने राहात रकम बितरण गर्न, कोरोना रोकथामका लागि आबश्यक प्रचार–प्रसार गर्न, गाउँपालिका भित्र बिधालयमा निर्माण गरिएको क्वारेन्टिन तत्काल हटाई आउदो भदौ १ गतेदेखि बिधालय सञ्चालन गर्न पनि सो पार्टी ध्यानाकर्षण पत्र मार्फत माग गरेको छ ।

    ध्यानकर्षण पत्रमा गत आर्थिक बर्ष वडागत रुपमा सम्पन्न भएका बिभिन्न आयोजनाहरुको बारेमा नागरिकहरुलाई सुसुचित गर्न सार्वजनिक सुनुवाई पनि भनिएको छ । त्यस्तै बेरुजु भएर आएका योजना खरिद सामाग्रीको बिल मिलाउन भन्दा सम्बन्धित व्यक्तिसंग क्षतिपूर्ति उठाउनमा पनि पार्टी माग गरेको छ ।

    गाउँपालिकाको वडा नम्बर ५ को बगुवा निर्माण गरिएको फलफुल तथा पशुपन्छी हाटबजार केन्द्रमा कम्तीमा हप्ताको एकदिन हाट बजार सञ्चालन गर्न, एक टोल एक उत्पादनको योजना बनाई कृषकलाई अनुदान उपलब्ध बनाउन, बजेटको अनुगमनका लागि व्यवस्था मिलाउन, बगुवामा एकिकृत नमुनाबस्ती निर्माणको काम छिटो सम्पन्न गरि भुकम्प पिडितलाई स्थानान्तरण गर्न, गाउँपालिका स्तरमा १५ बेड क्षमताको अस्पताल निर्माण गरि तत्काल जनशक्तिको व्यवस्थापन गर्न ध्यानाकर्षण पत्र मार्फत माग गरिएको छ।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ४ २०७७११:१५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology