• सोमवार, श्रावण ११ गते २०८३

निर्वाचन आचारसंहिता : हेलिकप्टर उड्दा,साईकल गुड्न नपाईने

निर्वाचन आचारसंहिता : हेलिकप्टर उड्दा,साईकल गुड्न नपाईने

निर्वाचन आचारसंहिता : हेलिकप्टर उड्दा,साईकल गुड्न नपाईने

  • 4.6K
    SHARES

  • निर्वाचन आचारसंहिता : हेलिकप्टर उड्दा,साईकल गुड्न नपाईने

    काठमाडौं :- यहि बैशाख ३० गते हुन गैरहएको स्थानीय तह निर्वाचनको आचार संहिता आज राति देखि लागु हुने गरि आउदैछ । आचार संहिता पालना गर्न प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो ।

    आचारसंहिता लागु भए संगै कुनैपनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाईने छैन । स्थानीय प्रशासनको अनुमति बिना सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि पाईने छैन ।

    कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि स्थानीय प्रशासन र प्रहरीलाई जानकारी दिनु पर्ने छ। यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम समेत रोक लगाएको छ भने,कुनै कर्मचारी नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न समेत आचारसंहिताले रोकेको छ, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्ने छ।

    दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत पनि बोक्न हुँदैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भने मिल्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाईने छ ।

    प्रचार प्रसारका लागि आचारसंहिताले हेलिकप्टर प्रयोग गर्न पाइन्छ तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्नेछ,भने साइकल, रिक्सा, ठेलागाडा,बयलगाडा, टाँगा लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गरे निर्वाचन आचार संहिता लाग्ने छ ।

    आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology