• सोमवार, श्रावण ११ गते २०८३

क्रान्ति गर्न भन्दै हिडेका विप्लपले सुटुक्क निर्वाचन आयोग पठाए खडकबहादुरलाई

क्रान्ति गर्न भन्दै हिडेका विप्लपले सुटुक्क निर्वाचन आयोग पठाए खडकबहादुरलाई

क्रान्ति गर्न भन्दै हिडेका विप्लपले सुटुक्क निर्वाचन आयोग पठाए खडकबहादुरलाई

  • 5.9K
    SHARES

  • क्रान्ति गर्न भन्दै हिडेका विप्लपले सुटुक्क निर्वाचन आयोग पठाए  खडकबहादुरलाई

    काठमाडौं :-क्रान्ति गर्न भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत माओवादीबाट फुटेर छुट्टै पार्टी गठन गरेको विप्लव समूहले ०६४ को पहिलो संविधानसभा निर्वाचनपछिका सबै चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु ‘वीचको बाटो’ खोजेर बहादुर भवनस्थित निर्वाचन आयोगको कार्यालय धाउन थालेका छन् । दल दर्ता, मतदाता नामावलीलगायत चुनावी प्रक्रियाका बारेमा सोधखोज गर्न विप्लव समूहका प्रवक्ता खडकबहादुर विश्वकर्मा हिजो आयोग पुगेका हुन ।

    सहयोगीसहित निर्वाचन आयोग कार्यालय पुगेका विश्वकर्माले प्रमुख आयुक्त दिनेश थपलियालाई पनि भेटेका थिए । आयोग स्रोतका अनुसार करिब २५ मीनेट त्यहाँ रहेका उनले दल दर्ता शाखामा गएर चुनावमा भाग लिने वातावरण बनाइदिन आग्रह समेत गरेको बताइन्छ ।

    आफ्नो पार्टी पनि चुनावमा जान इच्छुक रहेकाले दल दर्ता र मतदाता नामावली संकलनका लागि समय थपिदिन विश्वकर्माले अनुरोध समेत गरेका थिए । आफ्ना कार्यकर्ता अहिले पनि थुनामै रहेको र अधिकांशको मतदाता नामावलीमा नाम नरहेकाले के गर्न सकिन्छ भनेर उनले चासो राखेका थिए ।

    तर,आयोगले भने स्थानीय तह निर्वाचनको कार्यतालिका अघि बढिसकेकाले अब दल दर्ता,मतदाता नामावली संकलन लगायतका काम गर्न नसकिने जवाफ दिएको बुझिएको छ । कपिलवस्तुमा हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले निर्वाचनमा सोझै भाग नलिने र बहिष्कार पनि नगर्ने वीचको निर्णय गरेको थियो ।

    चुनावमा जाने नीतिसहित विप्लवले पेश गरेको राजनीतिक प्रस्ताव अल्पमतमा परेपछि पार्टी विभाजनबाट रोक्न गरिएको टालटुले निर्णयको नेताहरु काठमाडौँ फर्केलगत्तै आ-आफ्ना अनुकूल व्याख्या गरिरहेका छन् । विप्लव र विश्वकर्मासहित संस्थापनपक्षीय नेताहरु चुनावमा भाग लिने गरी आन्तरिक तयारीमा जुटेका छन् ।

    उनीहरुले अस्ति सुदूरपश्चिम प्रदेशमा चुनावी तालमेलबारे एमालेसँग एक चरण छलफलसमेत गरिसकेको बताइन्छ । तर,कपिलवस्तु वैठकले भने कतिपय ठाउँमा आफ्नो तर्फबाट स्वतन्त्र उम्मेदवारी दिने र उम्मेदवार हुनेहरुले पार्टीबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो ।

    साथै,पार्टीको प्रभाव नरहेका ठाउँमा एमसीसी विरोधी मोर्चामा रहेका देशभक्त र प्रगतिशील उम्मेदवारलाई सघाउने निर्णय पनि भएको थियो । यहि निर्णयमा टेकेर विप्लव र प्रकाण्ड एमालेसँग तालमेलका लागि प्रयासरत रहँदा हाइकमाण्डका अरु दुई नेता धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओली भने त्यसको विरुद्धमा छन् ।

    पार्टी औपचारिक रुपमा चुनावमा जान नहुने र एमालेसँग तालमेल गर्न नसकिने उनीहरुको अडान छ । यहि बिबादका बीच विश्वकर्मा सुटुक्क निर्वाचन आयोग छिरेपछि विप्लव समूह के हुने हो बुझ्न गाह्रो भएको छ । केन्द्रीय कमिटीको निर्णयविपरित चुनावमा जाने केही नेताको तयारीप्रति विप्लव समूहकै एकजना नेताले असन्तुष्टि जनाए ।

    कपिलवस्तु बैठकमै आफ्नो प्रतिवेदन हुबहु पारित गराउने प्रयास असफल भएपछि अहिले ‘चोर बाटो’ बाट चुनावमा जान खोजिएको भन्दै उनले त्यसो हुँदा पार्टीमा बिद्रोह हुनसक्ने चेतावनी समेत दिए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology