• सोमवार, श्रावण ११ गते २०८३

गण्डकी गाउँपालिकाले `एक वडा एक गौरवको योजना´ निर्माण गर्ने

गण्डकी गाउँपालिकाले `एक वडा एक गौरवको योजना´ निर्माण गर्ने

गण्डकी गाउँपालिकाले `एक वडा एक गौरवको योजना´ निर्माण गर्ने

  • 3.7K
    SHARES

  • गण्डकी गाउँपालिकाले `एक वडा एक गौरवको योजना´ निर्माण गर्ने

    गोरखा - गोरखाको गण्डकी गाउँपलिकाले १० गते निति तथा कार्यक्रमसंगै त्यही दिन बजेट समेत ल्याउने तयारी गरेको छ । पालिका आगामी आर्थिक वर्ष २०७९/८० का लागि योजना तथा बजेट निर्माणमा व्यस्त छ । नवनिर्वाचित अध्यक्षसहित अन्य जनप्रतिनिधि नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि योजनातर्जुमा लागीपरेका छन् ।

    पाँच वर्षमा स्थानीय तहको मुहार फेरिने गरि योजना निर्माण गरिएको पालिकाका अध्यक्ष दिपक तिमिल्सिना `साकार´ले जानकारी दिए । विकासमा जनताले देख्ने र प्रभावकारी हुने खालका योजना ल्याउन वडाध्यक्षलाई आग्रह गरिएको समेत उनले बताए । `सबै वडाको समग्रमा विकास भएमात्रै पालिकाको विकास देखिने हो, हाम्रो कार्यकालको सुरुआती वर्ष भएकाले दीर्घकालीन रणनीतिक योजनाको खाका बनाउन लागेका छौँ´, उनले भने । उनले एउटा वडामा एउटा गौरवको योजना छनोट गरि अघि बढ्ने योजना रहेको समेत जानकारी दिए ।

    `हामी हरेक वडामा एउटा गौरव गर्न लायकको योजना निर्माण गर्ने तयारीमा छौं, त्यसको लागी पालिकाबाट आवस्यक बजेट बिनियोजन हुन्छ´, अध्यक्ष तिमिल्सिनाले भने ।

    हरेक वडालाई १ करोड बजेट बिनियोजन हुने त्यसमा ५० लाखको एउटा गौरवको योजना छनौट गर्नुपर्ने उनले बताए ।

    प्रशासनिक सुगमताको लागी ठोस निर्णय हुने पालिका श्रोतले जानकारी दियो । `नागरिकको अधिकतम् माग र आवश्यकतालाई सम्बोधन गर्ने उदेश्य पलिकाको छ´ श्रोतले भन्यो ।

    गण्डकी गाउँपालिकाले पालिकाको निति तथा कार्यक्रमको लागि यस अघिनै सार्वजनिक रुपमा सुझाव माग गरिसकेको छ । त्यसको लागी पालिकाले सर्वदलीय छलफल समेत सम्पन्न गरेको छ ।

    सामाजिकपत्र

    • बुधवार, आषाढ ८ २०७९०३:२१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology