• सोमवार, श्रावण ११ गते २०८३

धार्चे र चुमनुब्रीलाई जोडेर विशेष क्षेत्र घोषणा गर्नुपर्छ : सांसद अधिकारी

धार्चे र चुमनुब्रीलाई जोडेर विशेष क्षेत्र घोषणा गर्नुपर्छ : सांसद अधिकारी

धार्चे र चुमनुब्रीलाई जोडेर विशेष क्षेत्र घोषणा गर्नुपर्छ : सांसद अधिकारी

  • 8.9K
    SHARES

  • धार्चे र चुमनुब्रीलाई जोडेर विशेष क्षेत्र घोषणा गर्नुपर्छ : सांसद अधिकारी

    काठमाडौं, ३ असार - माओवादी केन्द्रका नेता एवम् साम्सद हरिराज अधिकारीले गोरखाको दुई गाउँपालिका धार्चे र चुमनुब्रीलाई जोडेर विशेष क्षेत्र घोषणा गर्नुपर्ने बताएका छन् । गोरखा-काठमाडौं सम्पर्क समन्वय समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता अधिकारीले धार्चे र चुमनुब्रीको विकासको लागी बिशेश क्षेत्र घोषणा गर्नुपर्ने बताएका हुन् ।

    लामो समयदेखि केन्द्रिय राज्यको उत्पीडनका कारण त्यस क्षेत्रको बिकास हुन नसकेको भन्दै अब विशेष क्षेत्र घोषणा गरेर जानुपर्ने उनको तर्क रहेको छ । `पहिलानै छुट्टै जिल्ला घोषणा गर्नुपर्थो तर अहिले त्यसो गर्न कठिन छ, त्यसको लागि संविधाननै संसोधन गर्नुपर्छ´, उनले भने, `अब स्थानीय तह अधिकार सम्पन्न भएकाले त्यस क्षेत्रको बिकास गर्ने जिम्मा स्थानीय तहको हो ।´

    उक्त कार्यक्रममा साम्सद चुडामणि खड्काले धार्चे र चुमनिब्रीलाई विशेष जिल्ला घोषणा गर्नु पर्ने तर्क गरे । त्यस क्षेत्रको विकास र समृद्धिको लागी विशेष क्षेत्र घोषणा गर्नुपर्ने उनको भनाइ रहेको छ ।

    धार्चे र चुमनुब्री दुबै माओवादी केन्द्रले जितेको गाउँपालिका हो ।

    कार्यक्रममा चुमनुब्री गाउँपालिकाका नवनियुक्त अध्यक्ष निमा लामालाई सम्मान गरिएको थियो ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology