गोरखाको भिमसेन थापा गाउँपालिका-४ चौतारा घर भई हाल काठमाण्डौ नयाँबजारमा बस्ने दुवै मृगौला फेल भएकी शर्मिला परियारको उपचारको लागि आर्थिक अभाब भएको छ ।
उनको मुटुमा पानी जमेर करिव १ लिटर पानी निकालेपछि हाल दुवै मृगौला फेल भएको शर्मिला परियार बचाउ अभियानका अभियन्ता बालकृष्ण परियारले जानकारी दिए।
उनका श्रीमान कृष्ण परियार ट्याक्सी चालक हुन् । तर श्रीमतीको उपचारका लागि डायलासिस गर्न र औषधि समेत किन्ने पैसा समेत उनी सँग नभएको अवस्था आएपछि अभियान नै संचालन गर्नु परेको अभियन्ता परियार बताउछन्।
उनको १२ बर्षका १ छोरा र १४ बर्षकी १ छोरी छन् । घरको अवस्था नाजुक भएकोले फेसबुकबाट आर्थिक सहयोगको अपिल गरिएको छ ।
उनलाई सहयोग गर्नेको लागि कृष्ण परियार ९८४११२८९३१, र बालकृष्ण परियार ९८५६०४०२८३,९८०५८४८८३१ सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।