गोरखा - सिरानचोक गाउँपालिकाको दसौं गाउँ शभा तथा बजेट अधिवेशन सम्पन्न भएको छ । सभामा आर्थिक बर्ष ७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गरीएको थियो ।
कार्यक्रममा पालिका भित्र रहेका समस्याहरूलाई सम्बोधन गर्ने गरी विविध बिषयबस्तुहरुलाई समावेश गरी पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले सम्बोधन गरेकाथिए भने उपाध्यक्ष रिता देवकोटाले ७९-८० मा पालिका भित्र रहेका आन्तरीक स्रोत र अन्य आधारहरुबाट ९० करोड ३० लाख आय आर्जन हुनसक्ने अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् ।
आउदो बैठकमा उक्त अनुमानित आय परिमार्जन गरी निर्णय गर्ने भएको छ ।
केन्द्र सरकारद्वारा पालिकालाई ४५ करोड ८७ लाख बजेट बिनियोजन गरेकोमा पालिकाले भने ८ वटा वडालाई ५ करोड ५१ लाख ४ हजार ९ सय ८ रुपैयाँ बिनियोजन गरेको छ ।
बिनियोजन गरेको बजेट अनुसार वडा नं. १ लाई ६६ लाख ७७ हजार १ सय ७६, वडा नं. २ लाई ६८ लाख ६८ हजार ०१३ वडा नं. ३ लार्इ ६८ लाख ७७ हजार ४ सय ९८, वडा नं. ४ लाई ६५ लाख ३९ हजार ४ सय ८४, वडा नं. ५ लाई ६६ लाख ९३ हजार ७ सय १६, वडा नं. ६ लाई ६९ लाख ०३ हजार १ सय ९७ वडा नं. ७ लाई ७२ लाख ३७ हजार ५ सय ०६ र वडा नं. ८ लाई ७३ लाख ०८ हजार ३ सय १८ रहेको छ ।
अध्यक्ष गुरूङले सबै विषयबस्तुहरुलाई समेटेर सम्बोधन गरेको सभा विवाद रहीत रूपमा सम्पन्न भएको छ ।