• आइतवार, आश्विन ४ गते २०८३

बारपाक सुलिकोट गाउँ पालीकाको नीति तथा कार्यक्रम प्रस्तुत

बारपाक सुलिकोट गाउँ पालीकाको नीति तथा कार्यक्रम प्रस्तुत

बारपाक सुलिकोट गाउँ पालीकाको नीति तथा कार्यक्रम प्रस्तुत

  • 2.9K
    SHARES

  • बारपाक सुलिकोट गाउँ पालीकाको नीति तथा कार्यक्रम प्रस्तुत

    गोरखा, १० असार - गोरखाको बारपाक सुलिकोट गाउँ पालीकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उक्त गाउपालिकाले आज आव २०७९/०८० को निती तथा कार्यक्रम प्रस्तुत गरेको हो । आव २०७९/८० को निमित्त पचपन्न करोड एकाउन्न लाख पन्चानब्बे हजुर बजेट बनाएको छ ।

    बारपाक सुलिकोट गाउँ पालीका भित्रको गौरबको योजना हरूमा बारपाक ढल निकास आयोजना, घ्यामेसाल देउराली ताकुकोट सडक, ताकुकोट स्वाँरा सौरपानी बारपाक सडक, शहीद प्रेम ढकाल स्मृति हस्पिटल, शहीद आसकाजी श्रेष्ठ स्मृती रंगशाला, शहीद दिलबहादुर रम्तेलका स्मृतिपार्क, सबै वडाहरूमा घुम्ती अल्ट्रासाउण्ड उपलब्ध गराई गर्भवती महिलालाई गाउँ घरमा नै सुविधा उपलब्ध गराउने, मासिक र दिर्घ रोगिलाई निशुल्क रुपमा स्वाथ्य चौकीबाट औषधी उपलब्ध गराउने बारपाक सुलिकोट गाउँ पालीका भित्र २४ घण्टा स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

    गाउँ पालीका आगामी तिन बर्ष भित्र २५ देखि ६५ वर्षका सबै महिला हरुको गाउँ पालीका भित्र रहेका सबै महिलाहरूको पाठेघर क्यान्सर जाँच गरिने , गाउँ पालीका भित्रका सबै पाँच बर्ष मुनिका बालबालिकाहरु लाई कुपोषण दर शुन्य बनाउने, गाउँ पालीका भित्र रहेका सबै जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई घरदैलोमा र टोल– टोलमा पुगेर स्वाथ्य सेवा प्रदान गरिने गाउपालिको नीति तथा कार्यक्रममा समेटिएको छ ।

    गाउपालीकाले निशुल्क औषधी उपलब्ध गराउने युवा उधम बिकास कार्यक्रम संचालन गरी एक टोल एक युवा उधम समुह निर्माण गरी लगानी गर्ने वडा पालीका स्तरिय खेलकुद प्रतियोगिता कार्यक्रम गर्ने, एक वडा एक खेलकुद मैदान बनाउने,लगायत धेरै जनमुखी योजना सार्वजनिक गरिएको छ ।बारपाक सुलिकोट गाउँ पालीका अध्यक्ष बिष्णु भट्टको यो दोस्रो कार्यकाल हो ।

    पहिलो कार्यालयमा गोरखा जिल्ला भरिको नमुना गाउँ पालीका बनाउन सफल हुनुभएको बारपाक सुलिकोट अध्यक्ष बिष्णु भट्ट अहिले सबै गोरखा जिल्लाको ध्यान बारपाक सुलिकोटमा केन्द्रीत भएको बताउनुभयो । उपाध्यक्ष सनमाय गुरुङ को संयोजकत्वमा एक जना वैकल्पिक सदस्य रहनेगरी चार सदस्य न्यायिक समिति समेत गठन गरिएको छ ।

    सामाजिकपत्र

    • शनिवार, आषाढ ११ २०७९०६:४९:५८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology